युरोपेली नेसन्स कप: यामलको उत्कृष्ट प्रदर्शनमा स्पेन फाइनलमा « Khabarhub

युरोपेली नेसन्स कप: यामलको उत्कृष्ट प्रदर्शनमा स्पेन फाइनलमा


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलमा गएको दुई वर्षदेखि सनसनीपूर्ण प्रदर्शन गरेका लमिन यामलको सानदार प्रदर्शनमा फ्रान्सलाई ५-४ ले हराउँदै स्पेन युरोपेली नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ।

यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका यामलले बिहीबार स्टुगार्टमा भएको सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरे। कुनै समय स्पेन ४–० ले अघि रहे पनि यसका बाबजुद फ्रान्सले ११ मिनेटको अन्तरमा ३ गोल गरेपछि खेल रोमाञ्चक भएको थियो।

निको विलियम्स र माइकल मेरिनोको गोलमा अघि बढेको स्पेनले तेस्रो गोल पेनाल्टीमा गरेको थियो। आड्रियन रोबियटले यामललाई फल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरे। विलियम्सको पासलाई उपयोग गर्दै पेड्रीले ५५ औँ मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए।

त्यसको चार मिनेटपछि नै पेड्रो पोरोले एम्बाप्पेलाई फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो। एम्बाप्पेले नै पेनाल्टीलाई उपयोग गरेपछि फ्रान्समा खेलमा फर्कने सम्भावना देखिएको थियो। ६७ औँ मिनेटमा यामलले नै अर्को गोल थपे।

वैकल्पिक खेलाडी रायन छेराकीले एम्बाप्पेको पासलाई उपयोग गर्दै डेब्यु खेलमै गोल गरेपछि फ्रान्सको कम ब्याक सुरु भएको थियो। ८४ औँ मिनेटमा स्पेनका रक्षक डानी भियिनले आत्मघाती गोल गरे। इन्जुरी समयमा फ्रान्सका कोलो मुवानीले हेड गोल गरेपछि केही समय स्पेनले दबाबमा बिताएको थियो।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : ३२ बजे

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ

सिभिल इन्जिनियर लोहनी व्यावसायिक कागतीखेतीमा व्यस्त

दाङ– घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा आधारित भएर

इलेक्ट्रोनिक सिस्टमले प्रतिनिधिलाई मतदान गर्न समस्या : ओलीलाई ५५ मिनेट लाग्यो

काठमाडौं – एमालेको ११ औँ महाधिवेशनमा पाका नेतालाई मतदानमा समस्या

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा