युरोपेली नेसन्स कप: यामलको उत्कृष्ट प्रदर्शनमा स्पेन फाइनलमा « Khabarhub

युरोपेली नेसन्स कप: यामलको उत्कृष्ट प्रदर्शनमा स्पेन फाइनलमा


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलमा गएको दुई वर्षदेखि सनसनीपूर्ण प्रदर्शन गरेका लमिन यामलको सानदार प्रदर्शनमा फ्रान्सलाई ५-४ ले हराउँदै स्पेन युरोपेली नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ।

यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका यामलले बिहीबार स्टुगार्टमा भएको सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरे। कुनै समय स्पेन ४–० ले अघि रहे पनि यसका बाबजुद फ्रान्सले ११ मिनेटको अन्तरमा ३ गोल गरेपछि खेल रोमाञ्चक भएको थियो।

निको विलियम्स र माइकल मेरिनोको गोलमा अघि बढेको स्पेनले तेस्रो गोल पेनाल्टीमा गरेको थियो। आड्रियन रोबियटले यामललाई फल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरे। विलियम्सको पासलाई उपयोग गर्दै पेड्रीले ५५ औँ मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए।

त्यसको चार मिनेटपछि नै पेड्रो पोरोले एम्बाप्पेलाई फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो। एम्बाप्पेले नै पेनाल्टीलाई उपयोग गरेपछि फ्रान्समा खेलमा फर्कने सम्भावना देखिएको थियो। ६७ औँ मिनेटमा यामलले नै अर्को गोल थपे।

वैकल्पिक खेलाडी रायन छेराकीले एम्बाप्पेको पासलाई उपयोग गर्दै डेब्यु खेलमै गोल गरेपछि फ्रान्सको कम ब्याक सुरु भएको थियो। ८४ औँ मिनेटमा स्पेनका रक्षक डानी भियिनले आत्मघाती गोल गरे। इन्जुरी समयमा फ्रान्सका कोलो मुवानीले हेड गोल गरेपछि केही समय स्पेनले दबाबमा बिताएको थियो।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ६ : ३२ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय