सशस्त्रका दुई गोताखोर सप्तकोसीमा डुबेको घटनाबारे बुझ्न हलचोक पुगे गृहमन्त्री लेखक « Khabarhub

सशस्त्रका दुई गोताखोर सप्तकोसीमा डुबेको घटनाबारे बुझ्न हलचोक पुगे गृहमन्त्री लेखक


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सप्तकोसीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर) डुबेको घटनाबारे चासो राखेका छन् ।

शुक्रबार बिहान हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर गृहमन्त्री लेखकले उक्त घटनाबारे विस्तृत जानकारी लिएका हुन् ।

उनले अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अप्नाउन जरुरी रहेको बताए ।

‘शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न आग्रह छ’, गृहमन्त्री लेखकले भने, ‘खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बीमाबारे मन्त्रालयले थप कार्य गर्नेछ ।’

उनले खतराजन्य उद्दारमा खटिने प्रहरी कर्मचारीको बीमा लगायतका विषयमा थप बजेट आवश्यक परे प्रयास गर्ने बताए । उनले यस्ता घटना नदोहोरिने गरी सबैकुराको एथेष्ट ध्यान पुर्‍याएर काम गर्न आग्रह गरे ।

घटना

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोसी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउँद (गोताखोर) बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बलले घटनाबारे जानकारी दिँदै बेपत्तामध्ये हरदेवको शव शुक्रबार बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर तल भेटिएको जनाएको छ । अहिले हरदेवको शव परीक्षण प्रक्रियाका लागि राजविराज पुर्‍याइएको छ ।

मन्त्री लेखकले बेपत्ता जवान साउँदको खोजीमा कुनैकसर बाँकी नराख्न आग्रह गरे । त्यसका लागि प्रदेश सरकारसँग पनि समन्वय गर्न निर्देशन दिए ।

राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्बर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  १ : १५ बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी