साक्षर महिलाहरू घरेलु हिंसाको सिकार « Khabarhub

साक्षर महिलाहरू घरेलु हिंसाको सिकार


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनुषा– साक्षर महिलाहरू पनि घरेलु हिंसाको सिकार भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले मधेश प्रदेशको धनुषा र सर्लाहीमा महिला हिंसा सम्बन्धी कुल ६१ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखीकरण गर्दा हिंसा हुने मध्ये कुल ७७ प्रतिशत महिला साक्षर रहेको पाइएको छ ।

ओरेकले घटनाहरूलाई विश्लेषण गर्दा सबैभन्दा बढी ५४ प्रतिशत (३३ जना) महिला घरेलु हिंसाबाट प्रभावित भएको देखिन्छ, जसमा ७७ प्रतिशत महिलाहरू साक्षर रहेका छन् ।

त्यसैगरी, घरेलु हिंसा गर्ने आरोपितमा सबैभन्दा बढी ४९ प्रतिशत श्रीमानहरू रहेका छन् । अर्को, ७५ प्रतिशत घरेलु हिंसाका घटना मधेशी समुदायका परिवारमा भएको तथ्याङ्कले बताउँछ ।

महिलामाथि हुने हिंसाका घटनामा यौन हिंसा २३ प्रतिशत छ । जसमा ४४ प्रतिशत बलात्कारका घटना रहेका छन् ।
मधेश प्रदेशका धनुषा र सर्लाही जिल्लाबाट जनवरीदेखि मार्च २०२५ सम्म अर्थात् ३ महिना प्रतिवेदनमा उक्त तथ्याङ्क सार्वजनिक भएको हो ।

ओरेकले महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू सङ्कलन, व्यवस्थापन तथा अभिलेख गर्दै आएको छ ।

नेपाल प्रहरीको चालु आर्थिक वर्षको सार्वजनिक वार्षिक तथ्याङ्कअनुसार देशभर वार्षिक १६ हजारभन्दा बढी महिला घरेलु हिंसाबाट प्रभावित हुने गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ४ : ०८ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ