साक्षर महिलाहरू घरेलु हिंसाको सिकार | Khabarhub Khabarhub

साक्षर महिलाहरू घरेलु हिंसाको सिकार


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनुषा– साक्षर महिलाहरू पनि घरेलु हिंसाको सिकार भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले मधेश प्रदेशको धनुषा र सर्लाहीमा महिला हिंसा सम्बन्धी कुल ६१ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखीकरण गर्दा हिंसा हुने मध्ये कुल ७७ प्रतिशत महिला साक्षर रहेको पाइएको छ ।

ओरेकले घटनाहरूलाई विश्लेषण गर्दा सबैभन्दा बढी ५४ प्रतिशत (३३ जना) महिला घरेलु हिंसाबाट प्रभावित भएको देखिन्छ, जसमा ७७ प्रतिशत महिलाहरू साक्षर रहेका छन् ।

त्यसैगरी, घरेलु हिंसा गर्ने आरोपितमा सबैभन्दा बढी ४९ प्रतिशत श्रीमानहरू रहेका छन् । अर्को, ७५ प्रतिशत घरेलु हिंसाका घटना मधेशी समुदायका परिवारमा भएको तथ्याङ्कले बताउँछ ।

महिलामाथि हुने हिंसाका घटनामा यौन हिंसा २३ प्रतिशत छ । जसमा ४४ प्रतिशत बलात्कारका घटना रहेका छन् ।
मधेश प्रदेशका धनुषा र सर्लाही जिल्लाबाट जनवरीदेखि मार्च २०२५ सम्म अर्थात् ३ महिना प्रतिवेदनमा उक्त तथ्याङ्क सार्वजनिक भएको हो ।

ओरेकले महिला तथा किशोरीमाथि हुने हिंसाका घटनाहरू सङ्कलन, व्यवस्थापन तथा अभिलेख गर्दै आएको छ ।

नेपाल प्रहरीको चालु आर्थिक वर्षको सार्वजनिक वार्षिक तथ्याङ्कअनुसार देशभर वार्षिक १६ हजारभन्दा बढी महिला घरेलु हिंसाबाट प्रभावित हुने गरेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ४ : ०८ बजे

सुनकोशीमा पुल नहुँदा खोटाङ जानेलाई सास्ती

उदयपुर- सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ ।

करेन्ट लागेर महिलाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–१० देरालीटोलमा करेन्ट लागेर एक जनाको मृत्यु

मधेसमा दशैं – प्रदेशभरका शक्तिपीठमा पूजाअर्चना र मेला

धनुषाधाम– मधेस प्रदेशका आठ वटै जिल्लामा बडादशैंको रौनक छाएको छ

आशिफ शेख र सन्दीप जोराले अर्धशतक हानेपछि वेस्ट इन्डिजलाई नेपालले दियो १७४ रनको लक्ष्य

काठमाडौं- वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी २० आई सिरिजअन्तर्गत दोस्रो

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थी

श्रीलङ्काको पश्चिमी प्रान्तमा सबैभन्दा बढी लागूऔषध दुर्व्यसनी स्कूलका विद्यार्थीहरूको सङ्ख्या