नेपाली टोलीलाई बलियो बनाउँदै लैजान्छु : प्रशिक्षक प्याट्रिक डे वाइल्ड « Khabarhub

नेपाली टोलीलाई बलियो बनाउँदै लैजान्छु : प्रशिक्षक प्याट्रिक डे वाइल्ड


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे वाइल्डले आफ्नो अनुभवका आधारमा नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने बताएका छन् ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार ललितपुरस्थीत एन्फा कम्प्लेक्समा आयोजना गरेको स्वागत कार्यक्रममा आगामी खेलमा राम्रो नजिता ल्याउने गरी आफ्नो अनुभवका आधारमा नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने बताएका हुन् ।

नेपालमा रहँदा उत्कृष्ट प्रशिक्षकको भूमिका निर्वाह गर्ने उनले बताए । उनले एएफसी महिला एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने गरी प्रशिक्षणमा केन्द्रित हुने उल्लेख गरे ।

फुटबलमा असम्भव केही नरहेको भन्दै उनले राम्रो तयारी गर्न सके राम्रो नजिता आउने बताए ।  

एन्फा प्रवक्ता सुरेश शाहले राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिकसंग एक वर्षको सम्झौता गरेको जानकारी दिए । सिफारिस समितिको सिफारिस अनुसार प्याट्रिकलाई एन्फाले नियुक्त गरेको भन्दै उनले राष्ट्रिय महिला टोली थप बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।  

युइएफए प्रो–लाइसेन्स होल्डर प्याट्रिकले उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यु गर्ने एन्फाले जनाएको छ । सो खेल २९ जुनमा हुनेछ ।

नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ५ : २३ बजे

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो