नेपाली टोलीलाई बलियो बनाउँदै लैजान्छु : प्रशिक्षक प्याट्रिक डे वाइल्ड | Khabarhub Khabarhub

नेपाली टोलीलाई बलियो बनाउँदै लैजान्छु : प्रशिक्षक प्याट्रिक डे वाइल्ड


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे वाइल्डले आफ्नो अनुभवका आधारमा नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने बताएका छन् ।  

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार ललितपुरस्थीत एन्फा कम्प्लेक्समा आयोजना गरेको स्वागत कार्यक्रममा आगामी खेलमा राम्रो नजिता ल्याउने गरी आफ्नो अनुभवका आधारमा नेपाली टोलीलाई बलियो बनाउँदै लैजाने बताएका हुन् ।

नेपालमा रहँदा उत्कृष्ट प्रशिक्षकको भूमिका निर्वाह गर्ने उनले बताए । उनले एएफसी महिला एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने गरी प्रशिक्षणमा केन्द्रित हुने उल्लेख गरे ।

फुटबलमा असम्भव केही नरहेको भन्दै उनले राम्रो तयारी गर्न सके राम्रो नजिता आउने बताए ।  

एन्फा प्रवक्ता सुरेश शाहले राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिकसंग एक वर्षको सम्झौता गरेको जानकारी दिए । सिफारिस समितिको सिफारिस अनुसार प्याट्रिकलाई एन्फाले नियुक्त गरेको भन्दै उनले राष्ट्रिय महिला टोली थप बलियो भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।  

युइएफए प्रो–लाइसेन्स होल्डर प्याट्रिकले उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यु गर्ने एन्फाले जनाएको छ । सो खेल २९ जुनमा हुनेछ ।

नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ५ : २३ बजे

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान

प्रहरीमाथि गाउँपालिका अध्यक्षको आमाचकारी, जनतालाई दुःख दिएको आरोप

काठमाडौँ – प्रहरीले जनतालाई दुःख दिएको आरोप लगाउँदै कोशी गाउँपालिकाका

जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने

काठमाडौं– यही जेठ ३० गतेदेखि काठमाडौंमा दलित गोलमेच सम्मेलन हुने

‘अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’ 

एजेन्सी– संयुक्त राज्य अमेरिकाले हालै लागू गरेको विदेशी फलाम तथा