डेंगुको संक्रमण नरोकिँदै थपियो स्क्रब टाइफस, ६३ जिल्ला प्रभावित « Khabarhub

डेंगुको संक्रमण नरोकिँदै थपियो स्क्रब टाइफस, ६३ जिल्ला प्रभावित


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैशाखदेखि शुरु भएको डेंगुको संक्रमण कम हुन नपाउँदै फेरि अर्को रोगको संक्रमण शुरु भएको छ ।

डेंगु रोगको संक्रमण फैलिएको समयमा अर्को रोग स्क्रब टाइफसले ६३ जिल्लालाई प्रभावित बनाएको छ ।

मुसामा हुने माईट नामको जिवाणुबाट मानिसमा सर्ने स्क्रबटाइफबाट साउन १ गतेदेखि असोज ६ गतेसम्म  ६ सय ९५ जना बिरामी भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।  स्क्रब टाइफसको कारण ३ जनाको मृत्यु भएको छ ।

विशेषगरी खेतबारी, जंगल तथा झाडी हुने मुसामा रहेको माइटका कारण स्क्रब टाइफस लागेर मानिसहरु बिरामी हुने गरेको चिकित्सकहरु बताउँछन् ।

सबैभन्दा धेरै बिरामी धादिङमा

साउनयता ६३ जिल्लामा फैलिएको स्क्रब टाइफसबाट सबैभन्दा बढी प्रभावति धादिङ रहेको महाशाखाको तथ्यांकले देखाउँछ । साउनदेखि असाेज ६ गतेसम्म धादिङमा मात्रै ७४ जनामा यो रोग देखिएको छ । यस्तै डडेल्धुरा स्क्रब टाइफस संक्रमणको दोस्रो प्रभावित जिल्लामा पर्छ । डडेल्धुरामा ६१ जना स्क्रबटाइफसको संक्रमण देखिएको छ ।

यस्तै पाल्पामा ५९, रुपन्देहीमा ४६, गुल्मीमा ३६,  काठमाडौंमा २६, ललितपुरमा ११, काभ्रेमा १७, कपिलवस्तुमा १८, अर्घखाँचीमा १८, वर्दियामा १३, स्याङ्जामा १०, बाँकेमा २०, जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

यस्तै अन्य जिल्लाहरुमा पनि बिरामीहरु देखिन थालेका छन् ।

कुन प्रदेशमा कति बिरामी ?

पुस यता स्क्रब टाइफका कारण सबैभन्दा प्रभावित भने प्रदेश ५ रहेको छ । प्रदेश ५ का जिल्लाहरुमा मात्रै २ सय ३७ जना स्क्रब टाइफसको संक्रमण देखिएको छ । यस्तै प्रदेश ३ मा २ सय ४, गण्डकी प्रदेशमा ५१, प्रदेश २ मा २२, प्रदेश १ मा १८ र कर्णाली प्रदेशमा ८ जनामा संक्रमण भएको महाशाखाको तथ्यांक छ ।

टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै बैशाख यता ३२ जना स्क्रब टाइफसका बिरामीहरु भर्ना भएर उपचार गराएका छन् । अस्पतालका सरुवा रोग विशेष डा अनुप बास्तोलका अनुसार डेंगुसँगै विभिन्न जिल्लाहरुमा स्क्रब टाइफसको संक्रमण पनि बढेको छ ।

के स्क्रब टाइफस ?

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । डा बास्तोलका अनुसार यो रोग माइट भन्ने जिवाणुबाट लाग्छ । माइट प्राय मुसा बस्ने खेतबारी, वन, जङ्गल चउर र घर वरिपरी झाडी हुने ठाउँमा पाइन्छ ।

स्क्रब टाइफस भएका बिरामीले समयमै उपचार नपाएमा कडा खालको श्वास प्रश्वासको समस्या हुन्छ । श्वास फेर्न गाह्रो भइ शरीरका अन्य अंगहरुले काम गर्न छाडेर बिरामीको मृत्यु समेत हुने गर्छ ।

कसरी सर्छ ?

स्क्रब टाईफस मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किराको टोकाइबाट मानिसमा सर्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

स्क्रब टाईफसका लक्षण

–धेरै ज्वरो आउनु,
–कामज्वरो समेत आउनसक्ने,
–टाउको धेरै दुख्ने,
–पसिना आउने,
–आँखा रातो हुने,
–झाडापखाला लाग्ने,
–किराले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिने,
स्क्रव टाईफसबाट यसरी बच्नुस्
–खेतवारीमा काम गर्दा शरीर पुरा ढाकिने कपडा लगाउने,
– चउर, घाँसवारीमा नबस्ने,
–चउरमा बस्दा गुन्द्रि वा सुकुल ओछ्याएर बस्ने,
– घर वरपर झाडी, घाँस बढ्न नदिने,
– घर तथा गोठमा मुसा नियन्त्रण गर्ने,

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १२ : ४५ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ