बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला « Khabarhub

बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कैलाली –कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा सञ्चालित तरकारी हाटबजारमा बिक्रीका ल्याइएका बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ ।

आज अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाईमा गरिएको परीक्षणमा पाण्डेय फलफूल तथा सब्जी पसलमा बिक्रीका लागि राखिएका ६५ किलो बन्दामा विषादी भेटिएपछि नष्ट गरिएको छ ।

एकाइ कार्यालयका प्राविधिक राजेन्द्रप्रसाद भट्टले बन्दामा ९९ दशमलव ११ अर्गानोफस्फेट र एक दशमलव ६१ कार्बामेट विषादीको अंश फेला परेको जानकारी दिए । उनका अनुसार वैज्ञानिक मापदण्डअनुसार अर्गानोफस्फेटको तीन सय ५५ भन्दा कम मात्रा खान उपयुक्त मानिन्छ भने चार सय ५५ भन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ ।

कृषि प्राविधिकका अनुसार अर्गानोफस्फेटको ३५ प्रतिशतभन्दा कम मात्रा भए उपभोग योग्य, ३५ देखि ४५ प्रतिशत भए केही दिन पर्खेर खान मिल्ने र ४५ प्रतिशतभन्दा माथि रोकावट प्रतिशत मानिने भएकाले नष्ट गर्नुपर्ने हुन्छ ।

उक्त बन्दागोभी उपभोगका लागि अयोग्य ठहरिएपछि गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टको रोहवरमा नष्ट गरिएको हो । प्रवक्ता भट्टले उपभोक्तालाई विषादीरहित तरकारी तथा फलफूल मात्र उपभोग गर्न र प्रमाणित सामान रोज्न आग्रह गरे ।

पछिल्लो समय बजारमा असामान्य रूपमा पाकेको देखिने आँप आइपुगेको भन्दै उपभोगमा सर्तकता अपनाउन सुझाव दिइएको छ । तरकारी तथा फलफूल हाटबजार समिति अध्यक्ष दिल्लीराज जोशीले बाहिरी क्षेत्रबाट आउने तरकारी र फलफूलमा निगरानी बढाइएको बताए । उनले कृषकलाई विषादी प्रयोगबारे सचेत रहन पनि आग्रह गरे।

यसअघि सो तरकारी हाटबजारमा विषादी अवशेष द्रुत विश्लेषण एकाईले गोलभेँडामा पनि अत्यधिक मात्रामा विषादी फेला पारेको थियो ।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ८ : २२ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ