पश्चिम नवलपरासीमा रोपाइँ सुरु « Khabarhub

पश्चिम नवलपरासीमा रोपाइँ सुरु


२३ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – मनसुन सक्रिय बनेसँगै पश्चिम नवलपरासीमा जेठको दोस्रो सातादेखि धान रोपाइँ सुरु भएको छ ।

गत वर्ष नहरमा पानी नआउँदा, ढिला वर्षा हुँदा समयमा धान रोप्न नपाएका कृषकले यस वर्ष जेठको दोस्रो सातादेखि रोपाइँ सुरु गरेका कृषि ज्ञान केन्द्रका प्रमुख डा रविन्द्रनाथ चौबेले बताए । उनका अनुसार रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिकाभित्रका कृषकले रोपाइँ सुरु गरेका छन् ।

यस वर्ष समयमा मनसुन भित्रिएसँगै नहरमा पानी आएपछि ढिलो रोपाइँ मजदुर नपाउने समस्या हुने भन्दै जेठमै रोप्न सुरु गरिएको पाल्हीनन्दन–४ का रामसिंह कुर्मीले बताए ।

नवलपरासीमा २० हजार चार सय ८० हेक्टर क्षेत्रफलमा किसानले बर्खे धान रोपाइँ गरिरहेका केन्द्रका प्रमुख डा चौबेले जानकारी दिए । उनका अनुसार खाल्टो खेतमा साभा, गोल्डेन र समथर खेतमा हर्दिनाथ, गोरखनाथ, सम्पुर्ना, शारदा, देवी, प्रशन्ना, हाईब्रिडलगायत जातका धान लगाउने गरिएको छ ।

गत वर्षको तथ्याङ्कअनुसार जिल्लामा ९१ हजार चार सय ७१ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी उमाशङ्कर पौडेलले जानकारी दिए । धान खेती हुनेमध्ये ७७ प्रतिशत क्षेत्रमा सिँचाइको प्रबन्ध रहेकाले उत्पादन प्रशस्त हुने गरेको उनको भनाइ छ ।

“रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिकामा बढी मात्रामा धानखेती हुन्छ । प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका धानभन्दा केरा, बदाम उत्पादन हुने क्षेत्र हुन्”, उनले भने।

प्रकाशित मिति : २३ जेठ २०८२, शुक्रबार  ९ : १९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर