वातावरणमैत्री यातायात प्रवर्धन गर्न पूर्वाधारमा लगानी गरौं : मन्त्री यादव | Khabarhub Khabarhub

वातावरणमैत्री यातायात प्रवर्धन गर्न पूर्वाधारमा लगानी गरौं : मन्त्री यादव


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वातावरणमैत्री यातायातको प्रवर्धनका निम्ति नीति तथा पूर्वाधारमा लगानी गर्नुपर्ने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् ।

मन्त्री यादवले घनाजनघनत्व भएका सहरी क्षेत्रका साथै अन्य सहरी इलाकाको वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

विश्व वातावरण दिवसका सन्दर्भमा मारवाडी युवा मञ्चद्वारा ‘वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिबद्धता’ नाराका साथ आज काठमाडौंमा आयोजित साइकल र्‍यालीको उद्घाटन गर्दै उनले लामो समयसम्म हुने जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीबाट जोेगिन साइकलको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

उनले विद्यालय, कार्यालय, तथा स्थानीय तहहसमेत साइकल प्रयोगलाई प्रोत्साहन गर्ने बताए । उनले वातावरण संरक्षण तथा प्रदूषणमुक्त समाज बनाउन मारवाडी सेवा समाजले निर्वाह गरेको भूमिकाको सराहना गरे ।

व्यक्तिगत एवं सामूहिक रूपमा धुवाँ उत्पादन गर्ने इन्धनरहित हरित सवारी साधन प्रयोग गर्नुपर्ने तथा स्वच्छ ऊर्जाको उपयोग बढाएर हरित संसार निर्माणको परिकल्पनालाई साकार गर्नसकिने विचार मन्त्री यादवले व्यक्त गरे ।

‘जलवायु परिर्वतनका कारण सेता हिमाल काला हुन थालेका छन् । हिमाल बचाउन जरुरी छ । जलवायु परिर्वतनका कारण उत्पन्न चुनौतीको सामूहिक रूपमा सामना गर्न आवश्यक छ ।’ मन्त्री यादवले भने ।

मारवाडी युवामञ्चका अध्यक्ष प्रकाशकुमार केजरीवालले साइकल प्रयोग गर्नाले व्यक्तिगत तन्दुरुस्ती बढ्नुका साथै यसले सहरको ध्वनि र वायु प्रदूषण पनि घटाउने बताए ।

– रासस

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  १२ : २१ बजे

युवाबीच आत्मीय सम्बन्ध बढाउन खेलकुद उत्सव

दमौली– भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा खेलकुद

बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी– पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालन भएको छ । पहिरो

कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने मौका

जलेश्वर– जेन-जीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको

मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव

चितवन– आज दशैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

झापा– ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा