जुम्लाका किसानलाई जैविक मल वितरण « Khabarhub

जुम्लाका किसानलाई जैविक मल वितरण


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जुम्ला – कृषि विकास कार्यालयले यहाँका किसानलाई अनुदानमा जैविक मल वितरण गरेको छ । किसानको मागअनुसार कार्यालयले जैविक मल वितरण गरेको हो ।

कृषि विकास कार्यालयका निमित्त प्रमुख रामभक्त अधिकारीले यही जेठ १८ गतेदेखि किसानलाई अनुदानमा प्राङ्गारिक जैविक मल वितरण गरिएको बताए । उनका अनुसार हालसम्म हालसम्म १५ हजार ४५० क्विन्टल मल एक सय २६ जनालाई वितरण गरिसकिएको छ ।

प्रमुख अधिकारीले भने, “सबै कागजात पुगेका किसान, कृषि फार्म, कृषक समूह तथा कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा प्रतिकिसानलाई ५० किलोका दरले मल वितरण गरिरहेका छौँ ।” उहाँका अनुसार चार हजार ३५० क्विन्टल मल मौज्दात छ ।

स्याउ बिरुवा, अन्नबाली, तरकारीखेतीमा आवश्यक पर्ने मल अनुदानमा पाउँदा किसानलाई राहत पुगेको चन्दननाथ नगरपालिका–६ का स्थानीय गणेश रावलले बताए । “पटकपटक जैविक मलको खोजी गर्दा पनि पाइएको थिएन । अन्नबाली, फलफूल र तरकारीखेतीका लागि जैविक मलको उपयुक्त मानिने भएकाले यसको प्रयोगमा जोड दिएका हौँ”, उनले भने ।

मल लिन कार्यालयले सातदिने सार्वजनिक सूचना जारी गरेको थियो । सूचनामा उल्लेखित समयभित्र दर्ता हुन आएका किसानलाई मल दिँदै आइएको कार्यालयले जनाएको छ । जैविक मल वितरण कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु छ लाख ८० हजार रकम विनियोजन भएको कृषि विकास कार्यालयले जनाएको छ ।

रासायनिक मल र विषादी प्रयोग भइरहेको जनगुनासो बढेकाले जैविक मल उपलब्ध गराइएको कार्यालय प्रमुख अधिकारीले बताए । रैथाने उत्पादन वृद्धि गर्न, जैविक मलको प्रयोग बढाउन, विषादीको प्रयोगलाई रोक्न र अर्गानिक जिल्लाको पहिचान कायम राख्न किसानलाई अनुदानमा जैविक प्राङ्गारिक मल वितरण गरिएको कार्यालयले जनाएको छ । विसं २०६४ मा १४औँ जिल्ला परिषद्ले जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ९ : ०१ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ