खोलामा डुबेर बालिकाको मृत्यु « Khabarhub

खोलामा डुबेर बालिकाको मृत्यु


२४ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा डुबेर एक बालिकाको आज मृत्यु भएको छ । स्थानीय विनयी खोला र खग्रास खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर उमादेवी रखालकी ८ वर्षीय छोरी रोषना रखालको मृत्यु भएको हो ।

डुबेर अचेत भएकी बालिकालाई स्थानीयले उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याएकामा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए।

चार–पाँचजना बालबालिकाहरू पौडी खेल्न गएकामा रोषना डुबेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०८२, शनिबार  ९ : ५८ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ