विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित | Khabarhub Khabarhub

विश्वकप छनोट : इङ्ग्ल्याण्डको लगातार तेस्रो जित


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप फुटबल अन्तर्गत युरोपेली देशहरूको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार तेस्रो जित निकालेको छ ।

शनिवार राति भएको समूह ‘के’को खेलमा एन्डोरालाई १–० गोलले हराउँदै इङ्ग्ल्याण्डले तेस्रो जित निकालेको हो । इङ्ग्ल्याण्डका लागि हेरी केनले गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको पाँचौँ मिनेटमा केनले गोल गरेका हुन् । खेलमा एन्डोराले केही राम्रो आक्रमण गरे पनि गोल गर्न सकेन ।

सोही समूहको अर्को खेलमा अल्बानिया र सर्बियाबीच गोलरहित बराबरी भयो ।

समूहमा इङ्ग्ल्याण्ड ३ खेलमा शतप्रतिशत जितसहित ९ अङ्कका साथ शीर्ष स्थानमा छ ।  अल्बानियाको ३ खेलबाट ४ अङ्क छ ।

यस्तै, लाट्भियाको २ खेलमा ३ अङ्क, सर्बियाको १ खेलमा १ अङ्क नै छ भने एन्डोराले ३ खेलमा कुनै अङ्क जोड्न सकेको छैन ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ०१ बजे

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित

एमाले महाधिवेशनः यस्तो छ २१ सय प्रतिनिधिको क्लस्टर

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले आउँदो ११औं महाधिवेशनका लागि

हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन

भक्तपुर – भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज २६

सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु

काठमाडौं – सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)का