टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३३ करोड ४७ लाख बिगो मागदाबी « Khabarhub

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३३ करोड ४७ लाख बिगो मागदाबी


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले आइतबार प्रबन्ध निर्देशक पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनील पौडेलसहित १८ जनाविरुद्ध ३३ करोड ४७ लाख रुपैयाँ मागदाबीसहित मुद्दाको फाइल विशेष अदालतमा पुर्‍याएको छ ।

अख्तियारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को बिलिङ प्रणाली अपग्रेड गर्ने प्रक्रियामा गम्भीर अनियमितता र मिलेमतो भएको निष्कर्ष निकालेको छ ।

उक्त बिलिङ प्रणाली अपग्रेड गर्ने प्रक्रियामा भएको गम्भीर अनियमिततामा पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसमेतको संलग्नता रहेको उजुरीका आधारमा अनुसन्धान गर्दा ठूलो मात्रामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।

२०७८ माघ ६ मा नेपाल टेलिकम र चिनियाँ कम्पनी एसियाइन्फो लिङ्केज टेक्नोलोजिज् इन्कबीच भएको सम्झौताअनुसार कन्भर्जेन रियल टाइम बिलिङ तथा ग्राहक सेवा प्रणाली खरिद गरिएको थियो। यो प्रणालीमार्फत जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, तथा ब्रोडब्यान्ड सेवा लगायतका बिलिङ प्रणालीलाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै रियल-टाइम शुल्क गणना तथा अपडेट गर्ने उद्देश्य राखिएको थियो ।

तर, सम्झौतामा स्पष्टरूपमा वार्षिक मर्मतसम्भार सेवा (एएमसी) को शुल्क ५ प्रतिशत घट्दो दरमा निर्धारण गर्नुपर्ने उल्लेख हुँदाहुँदै पनि पूर्वनिर्धारित मूल्यभन्दा अस्वाभाविक बढीमा वार्षिक मर्मतसम्भार सेवा खरिद गरिएको आरोप अख्तियारले लगाएको छ । एसियाइन्फोसँग सँग २ करोड ५ लाख ६३ हजार डरलमा वार्षिक सेवा सम्झौता गरिएको थियो ।

अख्तियारको अनुसन्धान अनुसार यो सम्झौता कम्पनीको आन्तरिक नीति, मूल सम्झौताका धाराहरू र सार्वजनिक संस्थालाई हुने नोक्सानीको अनुमानित मूल्यप्रतिकूल देखिएको छ।

यो प्रकरणमा अख्तियारले औपचारिक रुपमा विशेष अदालतमा अभियोग दर्ता गराएको हो । पूर्वप्रबन्ध निर्देशक पौडेल यसअघि अनेकौँ भ्रष्टाचारकाण्डमा मुछिइसकेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  २ : ३५ बजे

‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडग राज पौडेल (गनेस)ले

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ