मन्त्रालयगत खर्चमा कमजोर गठबन्धन सरकार, उद्योगको २२ प्रतिशत, सहरी विकासको २७ प्रतिशत  | Khabarhub Khabarhub

मन्त्रालयगत खर्चमा कमजोर गठबन्धन सरकार, उद्योगको २२ प्रतिशत, सहरी विकासको २७ प्रतिशत 


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत मसान्तसम्म मन्त्रालयगत खर्च सबैभन्दा कमजोर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय देखिएको छ । समीक्षा अवधिमा सो मन्त्रालयले विनियोजित बजेटको जम्मा २२.३ प्रतिशत खर्च मात्रै गरेको हो ।

समीक्षा अवधिमा मन्त्रालय खर्चमा संघीय मामिला र सहरी विकास मन्त्रालय पनि निकै कमजोर देखिएका छन् । मन्त्रालयगत विनियोजित बजेटमध्ये संघीय मामिला मन्त्रालयले नौ महिनामा जम्मा २६.३६ प्रतिशत खर्च गरेको छ भने सहरी विकास मन्त्रालयले २७.९२ प्रतिशत मात्रै खर्च गरेको छ ।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको नौ महिना अवधिमा प्रधानमन्त्री कार्यालयसहित २२ वटा मन्त्रालयमध्ये १२ वटा मन्त्रालयले ५० प्रतिशत पनि बजेट खर्च गर्न सकेका छैनन् । सो अवधिमा परराष्ट्र मन्त्रालयले सबैभन्दा धेरै अर्थात् ७८.५४ प्रतिशत बजेट खर्च गरेको छ ।

यस्तो छ मन्त्रालयगत प्रगति विवरण :

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ३ : ४२ बजे

कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग

कस्तो होला तिहारको मौसम ?

काठमाडौं – नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक