३ दिनमा ‘कबड्डी ३’ को ४ करोड बढी ग्रस कलेक्सन | Khabarhub Khabarhub

३ दिनमा ‘कबड्डी ३’ को ४ करोड बढी ग्रस कलेक्सन


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ ।

दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म हेर्न लामो समयपछि फिल्म हलमा दर्शकको भीड लागेको हो ।

चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटरमा आइतबार पनि उत्साहजनक व्यापार गरेको छ । वितरक कम्पनी स्टेशन फाइभका अनुसार यो फिल्मले दुई दिनमा ३ करोड २५ लाख रुपैयाँ कमाइ गरेको थियो भने आइतबार मात्र १ करोड ७ लाखको व्यापार गरेको हो ।

समीक्षात्मक रुपमा समेत राम्रो प्रतिक्रिया पाएको ‘कबड्डी ३’ कमेडी जानरामा निर्माण भएको हो । चलचित्रको स्किृप्ट निर्देशक रामबाबु गुरुङले लेखक उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । यसअघि यसका दुई सिक्वेल सुपरहिट भइसकेका छन् ।

निर्देशक गुरुङले यसको अन्तिम तथा चौथो सिक्वेल पनि बन्ने बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ३ : ५४ बजे

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन

रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ

काठमाडौं – संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा,

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

गाजा – हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली – कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक