जयललिताको बायोपिकका लागि कंगनाले थालिन् कडा मेहनत | Khabarhub Khabarhub

जयललिताको बायोपिकका लागि कंगनाले थालिन् कडा मेहनत


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड क्वीन कंगना रनावतले आफ्ना हरेक फिल्मका भूमिकालाई निकै मेहनतका साथ निभाउने गर्छिन् । उनले आफ्नो भूमिकालाई अझ वास्तविक बनाउन कुनै कसर बाँकी छोड्दिनन् ।

यतिबेला कंगना आफ्नो फिल्म ‘थलाइवी’ को तयारीमा छिन् । फिल्ममा उनले तमिलनाडुकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिताको भूमिका निभाउने छिन् ।

यो फिल्मको घोषणाको समयदेखि नै कंगना आफ्नो लूकका कारण चर्चामा थिइन् । फिल्ममा कंगनालाई ४ अलग–अलग लूकमा देख्न सकिनेछ । जसका लागि कंगनालाई फरक खालको मेकअपको पनि आवश्यकता पर्नेछ । यसै सिलसिलामा कंगनाका केही तस्वीर बाहिरिएका छन् ।

तस्वीर हेर्दा अन्दाज लगाउन सकिन्छ, कंगनाले यो फिल्मका लागि कडा मेहनत गरेकी छिन् । मेकअप यस्तो गरिएको छ कि, उनलाई सास फेर्न पनि गाह्रो हुने देखिन्छ ।

फिल्म लूक सार्वजनिक गर्दै कंगनाले भनेकी छिन्, ‘मेरो हिसाबमा जयललिताको भूमिका पर्दामा निभाउन गाह्रो छ, पहिलोपटक म आफ्नो रुप पनि परिवर्तन गर्दैछु ।’

यो फिल्म तमिल, तेलुगू र हिन्दीमा रिलिज हुनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ४ : २० बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन