स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य « Khabarhub

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आइतबार जारी खेलमा नेपालले विशाल लक्ष्य पाएको हो ।

स्कटल्याण्डको डन्डीस्थित फोर्टहिल मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रन बनायो ।

स्कटल्याण्डका लागि कप्तान रिची ब्यारिङ्टनले शतकीय पारी खेले । १ सय १४ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा १ सय २ रन बनाए । त्यसैगरी, माइकल लिस्कले नट आउट ९६ रन जोडे । केबल ६२ बलको सामना गरेका उनले १२ चौका र ३ छक्का हिर्काए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले समान दुई विकेट लिए । ललीत राजवंशीले एक विकेट हात पारे ।

नेपालले गत बुधबार भएको खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो । त्यसअघि पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो ।

नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् ।

पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : २३ बजे

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ

गगनलाई बधाई दिँदै प्रदीपले भने- ‘अलमलिने र थाक्ने छुट छैन’

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन