एम्ब्बाप्पेले पूरा गरे फ्रान्सका लागि ५० गोल « Khabarhub

एम्ब्बाप्पेले पूरा गरे फ्रान्सका लागि ५० गोल


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्टार स्ट्राइकर किलियन एम्बाप्पेले फ्रान्सका लागि ५० गोल पूरा गरेका छन् ।

आइतबार एमपीएच एरिनामा जर्मनीविरुद्ध युइएफए नेशन्स लिगको तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्स राष्ट्रिय टोलीका लागि उनले ५०औं गोल गरेका छन्।

अब उनी फ्रान्सका सर्वाधिक गोलकर्ता सूचीमा दोस्रो स्थानमा रहेका थियरी हेनरीको कीर्तिमान बराबरी गर्न केवल एक गोल टाढा छन्। यस सूचीमा ओलिभियर जिरुड ५७ गोलसहित शीर्ष स्थानमा छन्।

यसअघि फ्रान्सलाई नेशन्स लिगको फाइनल पुग्नबाट स्पेनले रोकेको थियो, जहाँ साविक विजेता स्पेनले ५–४ गोलअन्तरको जित निकालेको थियो।

२०१७ मा फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यू गरेका एम्बाप्पेले अहिलेसम्म लेस ब्लेस (फ्रान्स टोली) का लागि ९० खेल खेलेका छन्।

उनी सन् २०१८ को फिफा विश्वकप जित्ने टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २०२१ मा नेशन्स लिग उपाधि जित्ने टोलीमा पनि उनले प्रमुख भूमिका निर्वाह गरे ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : ५३ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना