युक्रेनले रुसी भूभाग मान्यता अस्वीकार गर्दा युद्धको खतरा बढ्दै « Khabarhub

युक्रेनले रुसी भूभाग मान्यता अस्वीकार गर्दा युद्धको खतरा बढ्दै


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

मस्को – युक्रेनसँग जारी द्वन्द्वबीच रुसले युक्रेनी भूभागलाई आफ्नो भागको रूपमा औपचारिक मान्यता दिन आग्रह गरेको छ । युक्रेनी पक्षले भने उक्त प्रस्तावलाई पुनः अस्वीकार गरेको छ ।

गत महिनाको वार्ताको पहिलो चरणमा युक्रेनले जानकारी दिएको अनुसार, यदि उसले आत्मसमर्पण नगरेमा रुसले आफ्नो सैन्य अभियानलाई अझ व्यापक बनाउने चेतावनी दिएको थियो ।

तीन वर्षदेखि जारी यो युद्धमा हजारौँको ज्यान गइसकेको छ, लाखौँ नागरिकहरू विस्थापित भएका छन्, र पूर्वी युक्रेनका शहर तथा गाउँहरूमा निरन्तर आक्रमणका कारण ठूलो क्षति पुगेको छ ।

रुसी नेतृत्वको धारणा

रुसका पूर्व राष्ट्रपति तथा राष्ट्रिय सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभले हालैको सैन्य गतिविधिलाई वार्तामा आवश्यक लचकता नदेखिएको स्थितिमा दिइएको चेतावनीको रूपमा व्याख्या गरे ।

“जो वार्तामा यथार्थ स्वीकार गर्न चाहँदैनन्, तिनीहरूले त्यसको नयाँ स्वरूप युद्धभूमिमा देख्नेछन्,” उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् ।

रुसी सेनाले युक्रेनको दोनेत्स्क क्षेत्रमा पर्ने जोर्या नामक गाउँमा रुसी झण्डा फहराउँदै गरेको तस्बिर सार्वजनिक गरेको छ ।

डिनिप्रो क्षेत्रको रणनीतिक महत्त्व

डिनिप्रोपेत्रोभ्स्क क्षेत्र युक्रेनको प्रमुख औद्योगिक र खानी क्षेत्र मानिन्छ । युद्धपूर्व यहाँ करिब ३० लाख जनसङ्ख्या रहेको थियो, जसमध्ये डिनिप्रो सहरमा मात्रै करिब १० लाख मानिस बसोबास गर्थे ।

यदि रुसले यो क्षेत्रमा थप प्रगति ग¥यो भने, त्यसले युक्रेनको सुरक्षा र अर्थतन्त्रमा दीर्घकालीन असर पार्न सक्ने सम्भावना रहेको विज्ञहरूको आकलन छ ।

सैनिक स्रोतका अनुसार, क्षेत्रको समथर भूभाग र तुलनात्मक रूपमा कम रक्षात्मक संरचना भएका कारण रुसी सेना छिटो अगाडि बढ्न सक्ने अवस्था देखिएको छ ।

यस क्षेत्र विशेष गरी डिनिप्रो सहर सन् २०२२ मा सुरु भएको युद्धयता निरन्तर आक्रमणको शिकार हुँदै आएको छ ।

युद्धबन्दीहरूको साटासाटको तयारी

युक्रेनी अधिकारीहरूले आइतबार जानकारी दिएका अनुसार, इस्तानबुलमा भएको वार्ताबाट सहमति जुटेको एक मात्र विषय युद्धबन्दीहरूको साटासाट ‘आउँदो साता’ सुरु गरिने तयारी भइरहेको छ ।

यद्यपि, दुबै पक्षले प्रक्रिया अवरुद्ध गर्ने प्रयासको आरोप एकअर्कामाथि लगाएका छन् । रुसी पक्षले युक्रेनले आफ्ना मृतक सैनिकका शव लिन नमानेको आरोप लगाएको छ र विशेष ट्रकमार्फत करिब एक हजार २०० शव सिमानातर्फ पठाइएको जनाएको छ ।

युक्रेनी गुप्तचर प्रमुख किरिलो बुदानोभले भने,“हामीले सम्बन्धित जानकारी मंगलबार नै रुसी पक्षलाई उपलब्ध गराएका छौँ र प्रक्रिया योजना अनुसार अघि बढ्नेछ ।” उहाँले सामाजिक सञ्जालमा लेखे, “दुश्मनको भ्रामक प्रचारप्रति सतर्क रहनुपर्छ, तर हामी आफ्नो जिम्मेवारी पूरा गर्दैछौँ ।”

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ८ : ३० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा