मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश | Khabarhub Khabarhub

मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

यरुशलेम – इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत बोकेका ‘पानीे जहाज’ लाई रोकिने निर्णय गरेको छ । उक्त पानीे जहाजमा विश्वप्रसिद्ध वातावरण अभियन्ता ग्रेटा थनबर्ग समेत सहभागी रहेको जनाइएको छ ।

इजरायली रक्षा मन्त्री इस्राएल काट्जले एक विज्ञप्तिमार्फत् जानकारी दिँदै भने, “मैले सुरक्षाकर्मीहरूलाई म्याडलीन नामको जहाज गाजाको समुद्री क्षेत्रमा प्रवेश गर्न नदिन निर्देशन दिएको छु ।”

उहाँले उक्त अभियानका केही सहभागीहरूलाई लिएर गम्भीर टिप्पणी गर्दै भने, “गाजातर्फको यात्रा रोक्नुहोस्, तपाईंहरूलाई त्यहाँ पुग्न दिइने छैन ।”

म्याडलीन नामक जहाज जुन १ मा इटालीबाट प्रस्थान गरेको हो । यो जहाज स्वतन्त्र राहत अभियान समूहद्वारा सञ्चालन गरिएको हो । अभियानको उद्देश्य लामो समयदेखि जारी गाजाको समुद्री नाकाबन्दीको शान्तिपूर्ण विरोध गर्नु र त्यहाँका जनतालाई राहत सामग्री पु-याउनु हो ।

आयोजकहरूका अनुसार जहाज हाल इजिप्टको जलक्षेत्रमा प्रवेश गरिसकेको छ र गाजातर्फ अगाडि बढिरहेको छ । गाजामा जारी द्वन्द्व अहिले २१ औँ महिनामा प्रवेश गरिसकेको छ ।

रक्षा मन्त्री काट्जले थपे, “इजरायलले गाजातर्फ कुनै पनि किसिमको नाकाबन्दी तोड्ने प्रयासलाई स्वीकार गर्ने छैन, जसको उद्देश्य हमासजस्ता आतङ्ककारी समूहसम्म हातहतियार पु¥याउने सम्भावना हुन सक्छ । इजरायल शान्ति र सुरक्षा कायम राख्न प्रतिबद्ध छ ।”

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ९ : ०८ बजे

‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

झापा– ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा

च्याङ्ग्रा व्यापारीका दुःख : दशैँ खर्च जोहो गर्न डोल्पादेखि बागलुङसम्म

बागलुङ– अघिअघि एक सय सङ्ख्यामा च्याङ्ग्रा । पछिपछि हातमा लौरो,

दशैँले छोएन कञ्चनपुर वनहराका भूमिहीनलाई

कञ्चनपुर– दशैँ घरआँगनमै छ । मीठो मसिनो खाने, नयाँ लुगा

इंग्लिस प्रिमियर लिग : एभर्टन र वेष्टह्यामले खेले बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वेष्टह्याम युनाइटेडले बराबरी खेलेका

मुटु रोगीका लागि मासु र मदिरा विष समान

काठमाडौं – नेपालीको महान् चाडका रुपमा मनाइने दशैँ विशेषगरी खानपानसँग