हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी « Khabarhub

हमास नेता सिनवरको शव पहिचान भएको इजरायको दाबी


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायली सेनाले गाजामा हमासका प्रमुख याया सिनवरको शव पहिचान भएको बताएको छ।

गाजाको दक्षिणी सहर खान युनिसमा रहेको युरोपियन अस्पतालको नजिककै टनेलमा उनको शव भेटिएको इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले जनाएको हो।

आइडिएफले डिएनए परीक्षण गरेर सिनवरको शव पहिचान भएको बताए पनि यस बारेमा हमासले कुनै प्रतिक्रिया दिएको छैन।

४९ वर्षीय सिनवर १३ मेका दिन मारिएका हुन्। सोही दिन हमास नियन्त्रित नागरिक सुरक्षाले इजरायली आक्रमणबाट २८ जना मारिनुका साथै दर्जनौँ घाइते भएको जनाएको थियो। हमासका रफाह क्षेत्रका कमान्डर मोहम्मद साबेनह र सिनवरको शव एकै स्थानमा पाइएको पनि आइडिएफले जनाएको छ। साथै आइडिएफले अन्य शवको पनि पहिचान गर्ने प्रयास गरिएको जनाएको छ।

युरोपियन अस्पतालको प्राङ्गणमा नै खनेर तल झर्ने एउटा सुरुङ बनाइएको थियो। सोही सुरुङमा हमासका धेरै नेता बसोबास गर्ने गरेको जनाइएको छ। आइडिएफले हमासले आफ्नो सुरक्षाका लागि अस्पताल लगायतको क्षेत्रको आसपास नै यस्ता सुरुङ बनाउने गरेको जनाएको छ।

इजरायलले हमासलाई पूर्ण नियन्त्रणका लागि भनेर गरिएको आक्रमणमा धेरै जनाको ज्यान जानुका साथै अस्पतालमा रहेको स्वास्थ्यकर्मी तथा त्यहाँ उपचारका लागि जाने गरेको सर्वसाधारण समेत असुरक्षित छन्।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ७ : ३७ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा