प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट « Khabarhub

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह जोडिएको ५० वटा आयोजनामा बजेट विनियोजन गरेका छन् । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा सञ्चालन गर्नेगरी ती आयोजनामा उनले बजेट विनियोजन गरेका हुन् ।

मन्त्री सिंहले गणेशमानको नाम जोडिएका पार्क, स्टेडियम, प्रतिष्ठान, मार्ग, रङ्गशाला,  भवन, ज्येष्ठ नागरिक केन्द्र लगायतका ५० वटा आयोजनामा बजेट विनियोजन गरेका हुन् ।

मन्त्री सिंहले आर्थिक तथा वित्तीय उत्तरदायित्व ऐन र आयोजना बैंकको मापदण्ड विपरीत ती आयोजनामा बजेट विनियोजन गरेका छन् ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा सङ्घीय सरकारले तीन करोडभन्दा तलका आयोजनामा बजेट विनियोजन नगर्ने मापदण्ड तय गरेको थियो भने सोही अनुसार आयोजना बैंकको सफ्टवेयर प्राणालीमा व्यवस्था गरेको थियो ।

तर, मन्त्री सिंहले भने सबै कानून र मापदण्डलाई छलेर हजारौँको संख्यामा आफ्ना योजना आगामी आर्थिक वर्षको बजेटमा हालेको मन्त्रालयको वार्षिक कार्यक्रममा भएका योजनाले देखाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १० : ४५ बजे

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा