विदेश पठाइदिन्छु भन्दै डेढ करोड ठगी गरेकी विमला २ वर्षपछि पक्राउ « Khabarhub

विदेश पठाइदिन्छु भन्दै डेढ करोड ठगी गरेकी विमला २ वर्षपछि पक्राउ


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै डेढ करोड ठगी गरेको अभियोगमा दोषी ठहर भएकी बिमला थापा २ वर्षपछि पक्राउ परेकी छन् ।

सरीता कुमारी सापकोटाको जाहेरीले नेपाल सरकार वादी रहेको मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणले २६ असार २०७४ मा बिमलाविरुद्ध १ करोड ५० लाख रुपैयाँ जरिवाना र ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

बिमला भने न्यायाधीकरणको फैसलापछि फरार थिइन् । काठमाडौं महानगरपालिका–१० घर भएकी बिमलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेकी बिमलालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले केन्द्रीय कारागार सुन्धारा चलान गरेको सीआईबीका प्रवक्ता बेल बहादुर पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ५ : २४ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण