मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव | Khabarhub Khabarhub

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ । 

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे। 

‘गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो, तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन, गृहमन्त्रीले आफू नैतिकवान् र इमानदार रहेको प्रमाणित गर्न पनि मार्ग प्रशस्त गर्नुपर्छ । छानबिनका लागि तयार हुनुपर्छ’, सांसद आले मगरले भने। 

उनले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका कर्मचारीलाई विमानस्थल अध्यागमनजस्तो महत्त्वपूर्ण जिम्मेवारी किन दिइयो भनी प्रश्न गरे ।
 
    

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  २ : १० बजे

४६ वर्षपछि पर्दामा पुनर्मिलन गर्ने तयारीमा रजनीकान्त र कमल

काठमाडौं – तमिल सिनेमाका दुई महानायक रजनीकान्त र कमल हासन

ताराखोला गाउँ जलविद्युतको ‘हब’ : एउटै खोलामा ६ वटा आयोजना 

बागलुङ– बागलुङको ताराखोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

बागलुङ– यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित

बैतडीमा डेङ्गीको जोखिम बढ्दो, सात जनामा सङ्क्रमण पुष्टि

बैतडी– बैतडीमा डेङ्गीको जोखिम बढ्दै गएको छ । स्वास्थ्य कार्यालयका

आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

काठमाडौं– आज आतङ्कवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस मनाइँदै