सिटामोलका तीन पोस्टर : तानवमा सौगात, बेनिशा ग्रामिण महिला « Khabarhub

सिटामोलका तीन पोस्टर : तानवमा सौगात, बेनिशा ग्रामिण महिला


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउन २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘सिटामोल’को तीन पोस्टर सार्वजनिक भएका छन् । निर्माण पक्षले सोमबार यी पोस्टरहरु सार्वजनिक गरेको हो ।

एक पोस्टरमा नायक सौगात मल्ललाई एकल प्रस्तुत गरिएको छ । जहाँ सौगात वैशाखीको सहारामा उभिएका छन् । उनी तनाव मुद्रामा देखिन्छन् । उनले ग्रामिण पुरुषको भूमिका निर्वाह गरेको पोस्टरले बताउँछ ।

अर्को पोस्टरमा सौगात, नायिका वेनिशा हमाल र बाल कलाकार करण नेपाली प्रस्तुत छन् । सौगातले करणलाई अङ्गालोमा च्यापेर रोइरहेका छन् । करण पनि डाको छोडेर रोइरहेको देखिन्छ ।

वेनिशाले रातो चौबन्दी चोलो लगाएकी छन् । उनले ग्रामिण महिलाको भूमिका निर्वाह गरेको पोस्टरले स्पष्ट पार्छ । उनी पनि दुखित मुद्रामा छिन् ।

तेस्रो पोस्टरमा सौगात र वेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक छन् । यस पोस्टरले उनीहरुले फिल्ममा निर्वाह गरेको चरित्र खुलाउँछ ।

फिल्मको निर्देशक राजबहादुर साने हुन् । कथा राजबहादुर र प्रदीप भारद्धाजले मिलेर लेखेका हुन् । ‘सिटामोल’ले लामो समयदेखि हाम्रो समाजमा जरा गाडेर बसेको कुसंस्कारको कथा उठान गरेको बताइएकव छ ।

तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्सँगको सहकार्यमा बनाएको यो फिल्मका प्रस्तुतकर्ता सिमोस सुनुवार हुन् । निर्माताहरु भुगोलकुमार कार्की र विकाशराज जोशी हुन् ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ४ : ३३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना