रंगशालामा लडेर नेशन्स लिगको फाइनल हेर्न गएका दर्शकको मृत्यु « Khabarhub

रंगशालामा लडेर नेशन्स लिगको फाइनल हेर्न गएका दर्शकको मृत्यु


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गएराति सम्पन्न यूएफा नेशन्स लिगको फाइनल खेलका क्रममा दुर्घटना हुँदा एक दर्शकको मृत्यु भएको छ । जर्मनीको म्युनिख शहरस्थित आलियान्ज एरिनामा सम्पन्न खेलमा रंगशालाबाट खसेर एक दर्शकको मृत्यु भएको हो ।

घटनामा एक जनाको ज्यान गएको यूएफाका अधिकारीले समाचार संस्थालाई पुष्टि गरेका छन् । स्पेन र पोर्चुगलबीच सम्पन्न खेलमा थपिएको समयमा घटना भएको जनाइएको छ । खेल पोर्चुगलले जितेको थियो । पोर्चुगलले स्पेनलाई पेनाल्टी शुटआउटमा ५–३ गोलअन्तरले हरायो ।

निर्धारित समय र थपिएको समयमा पनि २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो । खेलमा स्पेनका लागि मार्टिन जुबिमेन्डीले २१ औँ मिनेटमा गोल गरेका थिए ।

त्यसपछि पोर्चुगलका नुनो मेन्डेसले गोल गर्दै बराबरी गरेका थिए । खेलको ४५ औँ मिनेटमा स्पेनका मिकेल ओयारजाबालले गोल गरे । क्रिस्टियानो रोनाल्डोले ६१ औँ मिनेटमा पोर्चुगलका लागि बराबरी गोल फर्काएका थिए ।

स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले खेलपछिको सम्मेलनका क्रममा घटनाबारे जानकारी दिएका थिए । उनले मृतकप्रति श्रद्धाञ्जली पनि दिए ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ३ : २६ बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले