बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो « Khabarhub

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता गोरखाको सहिद लखन गाउँपालिका–३ का राजेश श्रेष्ठको शव सश्स्त्र प्रहरी बलको गोताखोरले फेला पारेका छन् ।

गोतखोर टिमका दीपेन्द्र विष्ट र माधव भुसालले आज तालको ३५ फिट गहिराइमा श्रेष्ठको शव भेटाएको कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं. २४ गणका गणपति सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

उक्त गणका सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको टोली शवको खोज तथा उद्धारमा खटिएको गणपति तिमिल्सेनाले जानकारी दिए । 

अन्य व्यक्तिसँगै डुङ्गा सयरमा निस्किएका श्रेष्ठ फर्कँदा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका थिए। श्रेष्ठको शव प्रहरीलाई जिम्मा लगाइएको छ ।
 

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : ०८ बजे

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६