आधा घण्टालाई रोकिएको संसद् बैठक अब बुधबार मात्रै बस्ने « Khabarhub

आधा घण्टालाई रोकिएको संसद् बैठक अब बुधबार मात्रै बस्ने


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विपक्षी दलको अवरोधपछि आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको अब बुधबार दिउँसो मात्रै बस्ने भएको छ

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र त्रिभुवन विमानस्थल अध्यागन कार्यालयमा भएको भिजिट भिसा सेटिङको छानबिन मागसहित आन्दोलित विपक्षीको निरन्तरको अवरोधपछि अब संसद् बैठक बुधबार दिउँसो मात्रै बस्ने भएको हो ।

सोमबार दिउँसो बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टालाई स्थगित गरेका थिए । तर लेखक प्रकरणमा सहमति नभएपछि दुई दिनलाई बैठक रोकिएको हो ।

मा‌ओवादी र एकीकृत समाजवादी गृहमन्त्री लेखकको राजीनामाबाट ब्याक भए पनि रास्वपाले राजीनामाको अडान छाडेको छैन । उसले सोमबार नेपाली कांग्रेससँग ५ बुँदे प्रस्ताव पनि गरेको छ । जसमा गृहमन्त्रीको राजीनामाको निर्णय हुनुपर्ने अडान पनि राखिएको छ ।

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदनमा अवरोधलाई निरन्तरता दिएका छन् । माओवादी र समाजवादी छानबिन समितिमा फर्किन तयार भए पनि त्यो गठनका लागि समेत कांग्रेस तयार भएको छैन ।

यसअघि आइतबार पनि सहमतिको कोसिस भएको थियो । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सांसद ज्ञानेन्द्रबहादुर कार्कीलगायत छलफलमा जुटेका थिए । एमालेले भने कांग्रेस र विपक्षीबीचको निष्कर्ष स्वीकार्ने जनाएको थियो ।

यो छलफलमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ र सन्तोष परियारसहित सहभागी थिए । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे पनि छलफलमा थिए । रास्वपाले गृहमन्त्रीको राजीनामाको अडान नछाडेका कारण सोमबार पनि सहमति नभएको हो ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना