शान्ति चाहन्छौँ, सुरक्षामा जोखिम भए कठोर जवाफ पनि दिन्छौँ : भाजपा सांसद ठाकुर « Khabarhub

शान्ति चाहन्छौँ, सुरक्षामा जोखिम भए कठोर जवाफ पनि दिन्छौँ : भाजपा सांसद ठाकुर


२६ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय जनता पार्टी भाजपाका सांसद अनुराग ठाकुरले भारत शान्तिप्रिय मुलुक भएपनि कुनै पनि खतराको कठोर जवाफ दिन तयार रहेको बताएका छन् । राष्ट्रवादी कांग्रेस पार्टी (शरदचन्द्र पवार) की सांसद सुप्रिया सुलेको नेतृत्वमा भारतीय सांसदको प्रतिनिधिमण्डलका साथ इजिप्ट भ्रमणमा रहेका बेला सांसद ठाकुरले यस्तो बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले शान्तिपूर्ण मुलुकका रुपमा भारत प्रतिबद्ध रहेको बताए । यद्यपि राष्ट्रिय सुरक्षामा उत्पन्न हुने कुनै पनि खतराको जवाफ दिन भारत तयार रहेको समेत उनले बताए ।

उनले भारतको सीमाभित्र रहेका १ अर्ब ४० करोड नागरिकको सुरक्षा आफ्नो मुलुकको सबैभन्दा ठूलो प्राथमिकता रहेको उल्लेख गरे । यसका लागि कुनै पनि कदम चाल्न भारत तयार रहेको उनको भनाइ छ ।

पाकिस्तानले आतंकवादलाई प्रोत्साहन गरिरहेको पनि उनले आरोप लगाए । उनले पाकिस्तानलाई आणविक हतियारको धम्की नदिन पनि चेतावनी दिए ।

पाकिस्तानमा रहेका आतंकवादी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको अपरेशन सिन्दुरबारे जानकारी दिन भारतीय संसदका सदस्यहरु विभिन्न मुलुकको भ्रमणमा रहेका छन् । भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको जवाफस्वरुप भारतले अपरेशन सिन्दुर सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  ५ : २३ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज २०८३ साल जेठ २१ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २१ गते बिहीबार अधिक जेठ

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २१ गते बिहीबार अधिक जेठ

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको