विद्यार्थीसँग बढी शुल्क लिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्ने « Khabarhub

विद्यार्थीसँग बढी शुल्क लिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्ने


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विद्यार्थीसँग बढी शुल्क लिने मेडिकल कलेजहरुलाई शुल्क फिर्ता नगरे कारबाही प्रक्रिया अगाडी बढाउने भएको छ । सोमबार गृहमन्त्रालयमा भएको बैठकमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुलाई कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय भएको हो ।

गृहमन्त्री रामबहादुर थापा (बादल), शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसहित गृह र शिक्षा मन्त्रालयका अधिकारी सम्मिलित वैठकले विद्यार्थीसँग गैर कानुनी रुपमा शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न एक महिनाको समय दिने र एक महिनामा पनि शुल्क फिर्ता नगरे कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।

मेडिकल कलेजहरुले मेडिकल विद्यार्थीसँग सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको गुनासो आएपछि सरकारले सो विषयमा छलफल गरेको हो ।

बैठकमा गृहमन्त्री थापाले मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा शुल्क लिन नपाइने भन्दै विद्यार्थीहरुको समस्या समाधानका लागि बढी शुल्क लिने मेडिकल कलेजलाई शुल्क फिर्ता नगरे कारबाही गर्ने बताए । यस्तै शिक्षामन्त्री पोखरेलले गर्त वर्ष मन्त्रिपरिषद्‍को बैठकले निर्णय गरेको भन्दा बढी शुल्क लिएमा सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यलयमा उजुरी दिन विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार मात्रै शुल्क लिन पाउने व्यावस्था गरेको छ ।

तर मेडिकल कलेजहरुले विभिन्न बाहानामा विद्यार्थीसँग गैर कानुनी रुपमा शुल्क लिएको विद्यार्थीहरुको गुनासो छ । सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै देशभरका मेडिकल विद्यार्थीहरुले आन्दोलनका लागि संर्घष समिति नै बनाएर आन्दोलनका कार्यक्रमहरु समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : १६ बजे

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट रोकाय र थापा निर्विरोध

काठमाडौं – नेकपा एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट बाजुराका