वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित « Khabarhub

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा बेल्जियमले वेल्समाथि सनसनीपूर्ण जित निकालेको छ।

समूह जेको खेलमा बेल्जियमले वेल्सलाई ४-३ गोल अन्तरले हराएको हो। सुरुवातमा नै ३-० ले अघि रहेको बेल्जियमविरुद्धमा वेल्सले उत्कृष्ट कमब्याक गरेपछि खेलको अवस्था ३-३ थियो।

रोबर्टो लुकाकुले अग्रता दिलाएको खेलमा युरि टालेसमेन र जेरेमी डोकुले थप गोल गरे पनि पहिलो आधा घण्टामा नै बेल्जियमले ३-० को अग्रता लिएको थियो।

बेल्जियमको दोस्रो हाफमा विल्सनको पेनाल्टी गोलमा खेलमा फर्किएको थियो। सोर्बा थोमस र ब्रेना जोन्सनले गोल गरे ६९ औँ मिनेट खेल बराबरीमा पुगेको हो। ८८ औँ मिनेटमा बेल्जियमका लागि केभिन डु ब्रायनले गोल गरे।

समूहमा उत्तरी मेसोडेनिया ८ अङ्कसहित शीर्ष स्थानमा छ। चार खेलमा ७ अङ्क जोडेको नर्वे दोस्रो स्थानमा छ। बेल्जियम दुई खेलमा ४ अङ्कसहित तेस्रो स्थानमा छ। काजकिस्तान तीन खेलमा ३ अङ्कसहित चौथो स्थानमा छ।

शीर्ष स्थानमा पुग्ने क्रममा उत्तरी मेसोडोनियाले सोमबार भएको खेलमा काजकिस्तानलाई १-० ले हराएको छ। सो खेलमा ट्राभ्सकोस्कीले ३३ औँ मिनेटमा विजयी गोल गरेका थिए।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ६ : ३८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन