सिप मेला अवलोकन पछि खोटाङका दुई मेयरले भने- हरेक पालिकामा प्रवर्धन गर्नुपर्छ « Khabarhub

सिप मेला अवलोकन पछि खोटाङका दुई मेयरले भने- हरेक पालिकामा प्रवर्धन गर्नुपर्छ


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आयोजना गरेको सिप मेला २०८२ मा खोटाङका दुई पालिकाका मेयरले अवलोकन गरेका छन् । हलेसी तुवाचुङ् नगरपालिकाका प्रमुख विमला राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले मंगलबार मेला अवलोकन गरेका हुन् । 

दुवै मेयरले मेला एकीकृत भएको महसुस गरेको प्रतिक्रिया दिएका छन् । काठमाडौंले मेला आयोजना गरेर उदाहरण स्थापित गरेको बताएका छन् ।

यसलाई संघ र प्रदेश सरकारले नीति योजना तथा कार्यक्रममा समावेश गरेर हरेक पालिकामा प्रवर्धन गर्नुपर्ने मेयरहरुको भनाई थियो । 

मानव पुँजी पलायन हुनबाट रोक्न यो काम अहिले अति जरुरी भएको र यस्तो मेलाले सहयोग गर्ने उनीहरूको भनाई थियो । 
तालिम सकिए पनि कार्यक्रम नियमित हुनु मेलाको सबैभन्दा सबल पक्ष लागेको मेला अवलोकन गर्ने आएका मेयरहरूले प्रतिक्रिया दिएका थिए । 

तालिम सञ्चालन विधि, प्रशिक्षणको पाठ्यक्रम, पाठ्य सामग्री र प्रयोगात्मक सिपका विषयमा तालिम संयोजक देवेन्द्र केसीले मेयरहरूलाई जानकारी गराएका थिए । 

जेठ ७ गतेदेखि सुरु भएको मेलामा १० क्षेत्रका ३७ पेसासँग सम्बन्धित तालिम चलिरहेका छन् । हरेक दिन ३ सिफ्टमा प्रशिक्षण चल्छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै