सिप मेला अवलोकन पछि खोटाङका दुई मेयरले भने- हरेक पालिकामा प्रवर्धन गर्नुपर्छ « Khabarhub

सिप मेला अवलोकन पछि खोटाङका दुई मेयरले भने- हरेक पालिकामा प्रवर्धन गर्नुपर्छ


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आयोजना गरेको सिप मेला २०८२ मा खोटाङका दुई पालिकाका मेयरले अवलोकन गरेका छन् । हलेसी तुवाचुङ् नगरपालिकाका प्रमुख विमला राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले मंगलबार मेला अवलोकन गरेका हुन् । 

दुवै मेयरले मेला एकीकृत भएको महसुस गरेको प्रतिक्रिया दिएका छन् । काठमाडौंले मेला आयोजना गरेर उदाहरण स्थापित गरेको बताएका छन् ।

यसलाई संघ र प्रदेश सरकारले नीति योजना तथा कार्यक्रममा समावेश गरेर हरेक पालिकामा प्रवर्धन गर्नुपर्ने मेयरहरुको भनाई थियो । 

मानव पुँजी पलायन हुनबाट रोक्न यो काम अहिले अति जरुरी भएको र यस्तो मेलाले सहयोग गर्ने उनीहरूको भनाई थियो । 
तालिम सकिए पनि कार्यक्रम नियमित हुनु मेलाको सबैभन्दा सबल पक्ष लागेको मेला अवलोकन गर्ने आएका मेयरहरूले प्रतिक्रिया दिएका थिए । 

तालिम सञ्चालन विधि, प्रशिक्षणको पाठ्यक्रम, पाठ्य सामग्री र प्रयोगात्मक सिपका विषयमा तालिम संयोजक देवेन्द्र केसीले मेयरहरूलाई जानकारी गराएका थिए । 

जेठ ७ गतेदेखि सुरु भएको मेलामा १० क्षेत्रका ३७ पेसासँग सम्बन्धित तालिम चलिरहेका छन् । हरेक दिन ३ सिफ्टमा प्रशिक्षण चल्छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १२ : ४४ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई