बङ्गलादेशमा डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुग्यो | Khabarhub Khabarhub

बङ्गलादेशमा डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुग्यो


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– लामखुट्टेको टोकाइका कारण आउने डेंगुबाट यस बर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले बङ्गलादेशमा यस बर्ष ७५ जनाको मृत्यु भएको र ८५ हजार व्यक्तिमा डेंगुको सङ्क्रमण देखिएको सोमबार पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार डेंगुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३२, अगस्टमा ३१ र सेप्टेम्बरमा चार जनाको मृत्यु भएको छ ।

अझै १४ हजार १९१ डेंगुका विरामीले बङ्गलादेशका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । बङ्गलादेशमा अगस्ट र सेप्टेम्बरमा गरी जम्मा ५२ हजार ६३६ जनालाई डेंगुको सङ्क्रमण देखिएको बताइएको छ ।

यद्यापि डेंगुका बिरामीको सङ्ख्या क्रमश घट्ने क्रममा रहेको पनि निर्देशनालयले जनाएको छ । विगत २४ घण्टामा राजधानी ढाकामा १४३ सहित देशभर ४६१ जना डेंगुको उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका पनि सरकारी तथ्याङ्कमा उल्लेख छ ।

बङ्गलादेशमा गत बर्ष १० हजार १४८ जनामा डेंगुको सङ्क्रमण भएको र २६ जनाको मृत्यु भएको थियो । गत बर्षको तुलनामा यसबर्षको सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढेको देखिन्छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : ३७ बजे

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

मस्को– क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै

लालबस्तीमै रित्तियो माओवादी

चतरा (सुनसरी) – आफूलाई कम्युनिष्ट दाबी गर्नेहरूले आदर्श मान्ने, साम्यवादका

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर