नेपालमा दन्त चिकित्सकको भूमिका महत्वपूर्ण छ : मन्त्री यादव | Khabarhub Khabarhub

नेपालमा दन्त चिकित्सकको भूमिका महत्वपूर्ण छ : मन्त्री यादव


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताएका छन् ।

आज पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलले आफ्नो कलेजका प्रमुख संस्थापक दिवङ्गत स्व तीर्थरत्न बज्राचार्यको २२औँ वार्षिक पुण्यतिथिका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपालमा दन्त स्वास्थ्य सेवाको आवश्यकता दिनानुदिन बढ्दो रहेको र दन्त चिकित्सकको भूमिका अझ महत्वपूर्ण हुँदै गइरहेको बताए।

उनले भने, ‘नेपालमा अझै धेरै ग्रामीण तथा दुर्गम क्षेत्रमा दन्त स्वास्थ्य सेवाको पहुँच कमजोर छ, जसका कारण त्यहाँ दन्त चिकित्सकको माग अत्यन्तै उच्च छ, सरकारले यस दिशामा ध्यान दिइरहेको छ र आगामी दिनमा दन्त स्वास्थ्य सेवा विस्तार गर्ने योजनामा पनि काम भइरहेको छ ।’

दिवङ्गत बज्राचार्यको योगदानको उच्च मूल्यांकन गर्दै मन्त्री यादवले स्व बज्राचार्यले नेपाली दन्त चिकित्सक शिक्षाको जग हाल्ने कार्य गरेको र उनको योगदान आज पनि स्मरणीय रहेको उल्लेख गरे। 

उनले भने, ‘दन्त स्वास्थ्य सेवाका लागि तीर्थरत्न बज्राचार्यको योगदान ठूलो छ, उहाँको सपना साकार पार्न र नेपाली नागरिकलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने कार्यमा यस अस्पताल र यहाँका विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहन्छ ।’

कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले दन्त स्वास्थ्य सचेतना अभिवृद्धि, ग्रामीण क्षेत्रमा सेवा विस्तार र दन्त चिकित्सक शिक्षामा गुणस्तर वृद्धिका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेकामा जोड दिए । 

पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर चन्दले पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलमा एमबिबिएसको पढाइ सञ्चालन गर्नका लागि भौतिकलगायत अन्य प्रक्रिया अघि सारिए पनि अहिलेसम्म अध्यापनका लागि अनुमति नपाएको भन्दै गुनासो व्यक्त गरे।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य शैलेन्द्र बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठ, पिपल्स डेन्टल कलेजका अध्यक्ष विद्याभूषण बज्राचार्य, सेयर होल्डर शहनशीला बज्राचार्य, प्रबन्ध निर्देशक रोशन लुइँटेल, प्राचार्य प्रा डा सुरेन्द्रमान श्रेष्ठ, विद्यार्थी र विभिन्न स्वास्थ्य क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  १ : ४० बजे

आलमलाई सफाइ दिने न्यायाधीश थारूलाई मोसो

पर्सा- जिउँदै मानिसलाई इँटाभट्टामा पोलेको अभियोगमा जेल सजाय भोगिरहेका नेपाली

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

चितवन– पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर

अहमदावाद दुर्घटनापछि बोइङको उत्पादन फेरि प्रश्नको घेरामा, पछिल्ला सात वर्षमा १२ घातक दुर्घटना

काठमाडौं- भारतको अहमदावादमा एअर इन्डियाको विमान दुर्घटना भएको छ ।

पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन माओवादीको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला

बाबुरामले भने- कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन भएन 

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले