बसिरको गल्तीले नेपाललाई पेनाल्टी, १० रनबाट गनिनेछ नेदरल्यान्ड्सको स्कोर « Khabarhub

बसिरको गल्तीले नेपाललाई पेनाल्टी, १० रनबाट गनिनेछ नेदरल्यान्ड्सको स्कोर


२७ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा पहिले ब्याटिङ गरको नेपालले नेदरल्यान्ड्सलाई १० पेनाल्टी रन दिनुपरेको छ।

नेदरल्याण्ड्सविरुद्ध मौका पाएका ब्याटर बसिर अहमदले पटक पटक नियम मिचेपछि म्याच अम्पायरले नेदरल्याड्सलाई २ पटक गरेर ५–५ गरी १० पेनाल्टी रन दिएका हुन् । इन्टरनेशनल क्रिकेट क्राउन्सिल(आइसिसी)ले पिचमा कुद्नुलाई गम्भीर नियम उल्लंघन भनेको छ ।

सातौँ क्रममा आएका नेपाली ब्याटर बासिर अहमद पटक–पटक पिचमा कुदेपछि कारबाही गरे अम्यायरे विपक्षी टोली नेदरल्याण्ड्सको खातामा १० पेनाल्टी रन दिएका हुन् ।

जारी सिरिजमा पहिलो खेलका लागि अवसर पाएका खेलेका बसिरले २५ बलको सामना गर्दै ११ रन बनाउँद १० पेनाल्टी रन दिए ।

बसिरको गल्तीले नेपाललाई १० रन घाटा लाग्दा नेदरल्याण्ड्सको स्कोर अब १० बाट गणना हुनेछ । सिरिजको अन्तिम खेलमा पहिले ब्याटिङ रोजेको नेपालले कमजोर प्रदर्शन गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ताजा अवस्थामा ४५ ओभर खेल्दै २०३ रन बनाएको छ । नेपालले ६ विकेट गुमाइसकेको छ। नेपालका लागि नटआउट रहेका आरिफ शेखले ६४ रन बनाइसकेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८२, मंगलबार  ७ : १५ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी