४० वर्षभित्र नेपाललाई सिंगापुरकै हैसियतमा पुर्‍याउँछौं- डा. भट्टराई « Khabarhub

४० वर्षभित्र नेपाललाई सिंगापुरकै हैसियतमा पुर्‍याउँछौं- डा. भट्टराई


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन् ।

सोमबार सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताए ।

“अहिलेको सरकार र नेपाली काङ्ग्रेसको बोली एकातिर र व्यवहार अर्को हुँदा देश समृद्ध हुन सक्दैन”, उनले भने, “तपाईहरुले विश्वास गर्नुस्, हामी समाजवाद र समावेशी लोकतन्त्र ल्याई देशलाई समृद्ध बनाउँदैछौं ।”

चालीस वर्षभित्र नेपाललाई सिङ्गापुरको जस्तै हैसियतमा पु¥याइने उनले दाबी गरे । “संविधान बनेर केही उपलब्धि त हात परेका छन् तर यो अपूर्ण र अपूरो छ, यसलाई संशोधन नगरेसम्म देशलाई समृद्ध बनाउन सकिदैन”, अध्यक्ष भट्टराईले भने ।

क्रान्तिको कार्यभार पूरा गर्न बाँकी रहेकाले समाजवादी पार्टीको जन्म भएको उनको भनाइ थियो । सत्य र न्यायको लागि लड्न आफू सदैव तयार रहेको अध्यक्ष भट्टराईले बताए ।

समाजवादीका वरिष्ठ नेता अशोक राईले अहिलेको सरकारले विकास बजेटसमेत खर्च गर्न नसकेको बताए । पार्टीका महासचिव गङ्गानारायण श्रेष्ठले समाजवादी पार्टीलाई जनताले देशको वैकल्पिक शक्ति हैन पहिलो शक्तिको रुपमा देख्न चाहेको बताए ।

सिन्धुलीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच समायोजन भएपछि ११५ सदस्यीय समाजवादी पार्टी जिल्ला कार्यसमिति गठन गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ७ : ५३ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन