विश्वकप छनोट : माल्टाको पोस्टमा नेदरल्यान्ड्सको ८ गोल | Khabarhub Khabarhub

विश्वकप छनोट : माल्टाको पोस्टमा नेदरल्यान्ड्सको ८ गोल


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली राष्ट्रको विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले माल्टामाथि सनसनीपूर्ण जित निकालेको छ। समूह ‘जी’को खेलमा नेदरल्यान्ड्सले माल्टालाई ८–० गोलले हराएको हो। सो खेलमा मेम्फिस डिपेले दुई गोल गरेका थिए।

यसैगरी डोनेल मालनेले पनि दुई गोल गरे। अन्य गोल भिगिल भान डिजिक, जाभी सिमोन्स, नोह लाङ र मिक्की भान डे मेनले गरे।

सोही समूहको अर्को खेलमा फिनल्यान्डले पोल्यान्डलाई २–१ ले हरायो। हेलसिन्कीमा भएको सो खेलमा पाएको कठिन जित सहित फिनल्यान्ड समूहको शीर्ष स्थानमा पुगेको छ। फिनल्यान्डको चार खेलमा सात अङ्क बनाएको छ भने नेदरल्यान्ड्सको दुई खेलमा ६ अङ्क छ। पोल्यान्डले पनि तीन खेलमा ६ अङ्क बनाएको छ। लिथुवानियाको तीन खेलमा दुई तथा माल्टाको चार खेलमा मात्र एक अंक छ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ६ : ४१ बजे

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच ठिक ढङ्गको

देउवाले १० महिनापछि बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक 

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले

महासचिव पोखरेलको गृहजिल्लाबाट एकसाथ ७० नेता-कार्यकर्ताले छाडे एमाले

दाङ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङबाट ७०

बडीमालिकामा समृद्धि बहस : योजना सङ्कलन गर्न वडावडामा सुनुवाइ

धनगढी – स्थानीय तहमा यतिबेला योजना निर्माण, कार्यान्वयन र बील

हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले हवाई सुरक्षाका निम्ति सरकारको ध्यानाकर्षण गराएका छन्