विश्वकप छनोट: अर्जेन्टिना र कोलम्बिया बराबरीमा रोकिए | Khabarhub Khabarhub

विश्वकप छनोट: अर्जेन्टिना र कोलम्बिया बराबरीमा रोकिए


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अमेरिकी समूहको विश्वकप छनोट अन्तरगत बुधबार भएको अर्जेन्टिना र कोलम्बियाको खेल बराबरीमा सकिएको छ। खेल २४ औँ मिनेटमा लुइस डियाजको गोलमा कोलम्बियाले अग्रता लिएको थियो। पहिलो हाफसम्म अग्रतालाई कायम राखेको कोलम्बियाले दोस्रो हाफमा एक गोल खाएको हो।

घरेलु टोली अर्जेन्टिनाका लागि ८१ औँ मिनेटमा थिएगो अल्माडाले बराबरी गोल गरेका हुन्।

विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको १६ खेलमा ३५ अङ्क छ। अर्जेन्टिना यसअघि नै छनोट भइसकेको छ। कोलम्बियाको १६ खेलमा २२ अङ्क छ।

दुई खेल बाँकी रहँदा छैटौँ स्थानको कोलम्बियाले सातौँ स्थानको भेनेजुएलालाई ४ अङ्कले पछि पारेको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश पाउने छन्।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ८ : ०८ बजे

मेलुङको कृषि उपजले बजार लिँदै, काठमाडौंसम्मै आइपुग्यो अकबरे खुर्सानी

दोलखा– जिल्लाको मेलुङ गाउँपालिकाले स्थानीय कृषकलाई उत्पादनसँग जोडेर व्यवसायीक र

अर्थतन्त्रमा सुधारबिना फुकेको नेप्सेमा भारी गिरावट

काठमाडौं– देशको अर्थतन्त्रमा कुनै उल्लेख्य सुधारबिना मौद्रिक नीतिको सहजीकरणले मात्रै

जल चढाउन हिँडेका सवार बोलेरो नहरमा खस्दा एकै परिवारका नौसहित ११ जनाको मृत्यु

गोन्डा (भारत)– भारतको त्तर प्रदेशस्थित गोन्डा जिल्लामा आइतबार बिहान १०

कम्प्युटर इञ्जिनीयरिङ गरेका युवाको लोभलाग्दो च्याउखेती

नेपालगञ्ज– भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा

१५ लाख भूमिहीनलाई पुर्जा बाँड्ने तयारीमा सरकार 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले