तीनकुने घटनामा गोली लागेकी रेविकालाई पोर्चुगलबाट सहयोग « Khabarhub

तीनकुने घटनामा गोली लागेकी रेविकालाई पोर्चुगलबाट सहयोग


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई पोर्चुगलबाट प्राप्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले हस्तान्तरण गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरू डा प्रकाश चन्द्र लोहनी र हरि बहादुर बस्नेतले रमेस राज वास्तोलाको संयाजनमा लिजवन, पोर्चुगलबाट उपलब्ध सहयोग बुधबार हस्तान्तरण गरेका हुन् ।

सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख ३९ हजार चार सय रुपैयाँ हस्तान्तरण गरे । खत्रीको शीघ्र स्वास्थ्य लाभको कामना सहित उक्त सहयोग पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूबाट उपलब्ध भएको हो ।

टोलीमा राप्रपाका प्रवक्ता सगुन सुन्दर लावती, जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाल, राप्रपाका केन्द्रीय सदस्य धनसुर शाही लगायत उपस्थित थिए । शिक्षण अस्पतालमा खत्रीको उपचार जारी छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ११ : ४३ बजे

मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकार

गरिब बिना देश चल्छ ? : हर्क साम्पाङ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिबलाई लखेटेर कहीँ

बादलले सेनाको विरोध गर्दा प्रतिकार उत्रिए रास्वपा र राप्रपा

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले मंगलबार

नीति तथा कार्यक्रम बनाउँदा प्रतिपक्षी दलसँग सल्लाह गरिएन : हर्के साम्पाङ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नीति तथा कार्यक्रम

संसद्‍मा उभिए हर्कले सोधे : यो देशमा प्रधानमन्त्री छ कि छैन ?

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वालेन्द्र शाह नेतृत्वको सरकारमाथि