आँप कसरी खाने ? चिकित्सा विज्ञान र आयुर्वेदका आ-आफ्नै तर्क « Khabarhub

आँप कसरी खाने ? चिकित्सा विज्ञान र आयुर्वेदका आ-आफ्नै तर्क


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आँप, फलफूलको राजा । काँचो र पाकेको आँप खानुमा आ-आफ्नै स्वाद छ । आँप प्रेमीका आँप खाने आ-आफ्नै काइदा हुन्छन् । काँचो आँप नून खोर्सानीसँग साँधेर ट्वाक्क पारेर खानुमा आफ्नै मजा छ । काँचो आँपलाई सुकाएर अचार बनाएर खानु पनि पारखीको अर्को काइदा हो । पाकेको आँपको जोकोही ‘फ्यान’ हुन्छन् ।

पछिल्लो समय आँपका धेरै परिकार बनाउने चलन बढ्दै गएको छ । अचार सँगसँगै दहीमा मिसाएर लस्सी, दूधमा मिलाएर सेक, जुस, सलाद, जामलगायतका फरक फरक परिकार बनाएर खाने चलन चलेको छ । त्यतिमात्र होइन कतिपयले आँपलाई भात, रोटीलगायत खानेकुराका साथमा खाने गर्दछन् । अहिले आँपको सिजन चलिरहेको छ ।

आँप र आयुर्वेद !

आयुर्वेदमा आँपसँगै के खान हुने र के खान नहुने भनिएको छ । दूध र आँपसँगै खानु आयुर्वेदमा वर्जित छ । आयुर्वेदका अनुसार दूध र आँपसँगै खानु स्वास्थ्यका लागि हानिकारक भनिएको छ ।

आँपमा प्राकृतिक चिनी र फाइबरको मात्रा धेरै हुन्छ । दूध जनावरबाट पाइने पदार्थ भएकाले सँगै सेवन गर्दा पाचन प्रणालीमा समस्या निम्तिने आयुर्वेदमा भनिएको छ । तर चिकित्सा विज्ञानमा भने आँपलाई दूधसँग नखाने, दहीसँग नखाने भन्ने विषयमा त्यस्तो ठोस आधार केही छैन ।

पोषणविद् विनिता पन्त भन्छिन्, ‘आँपलगायत केही फलफूलमा दूध मिसाउँदा विषाक्त बन्ने आयुर्वेदले चेतावनी दिएको छ । तर पछिल्लो समय हामी मिल्क सेक, लस्सीलगायतका परिकार बनाएर खाइरहेका हुन्छौँ । पोषणका हिसाबले धेरै मात्रामा खाँदा बान्ता हुने झडापखाला लाग्नेजस्ता समस्या देखिने गरेका छन् । तर दूध, दहीसँग आँप खानै हुँदैन भन्ने चाहिँ होइन’, उनी भन्छिन् । धेरै मात्रामा क्यालोरी पाइने फल भएकाले कतिलाई आँप मात्रै होइन लिची पनि नपच्ने उनको भनाइ छ ।

आँप कसरी खाने ?

पोषणविद्हरूले फलफूल ‘डाइट प्लान’ मा फलफूल मात्रै खाने सल्लाह दिन्छन् । फलफूलका लागि १२ बजेको समय राखिएको छ भने त्यो समयमा फलफूल मात्रै खाने । अरु केही पनि नखाने । अरु खानेकुरासँगै खाँदा त्यसले असर गर्छ । फलफूललाई लस्सी या जुस बनाएर जसरी खाए पनि फलफूल मात्रै खाने गर्दा राम्रो हुन्छ ।

पोषणविद् विनिता पन्त भन्छिन्– ‘तराई भेगमा आँप र चिउरा खाने चलन छ । दुवैमा कार्बोहाड्रेड हुने भएकाले दूध, भातसँगै आँप खाँदा सजिलै पच्छ । तर आफूमा अन्य कुनै स्वास्थ्य समस्या छ भने आँप मात्रै होइन अन्य खानेकुरा दाल, आलु, मासुलगायतका खानेकुराको पनि एलर्जी हुनसक्छ ।

आँपले छालामा असर गर्दैन ?
आयुर्वेदअनुसार ‘दूध र आँपसँगै खाँदा छालामा बिबिरा आउने, दाग बस्ने, एलर्जी हुनेजस्ता समस्या देखिन्छन् ।’ तर त्यो सबैमा लागू नहुने पोषणविद्को भनाइ छ ।

‘कुनै व्यक्तिको शरीरको प्रकृति कस्तो छ ? इम्युनिटी पावर कति छ ? भन्ने कुरामा निर्भर रहने पोषणविद् पन्त बताउँछिन् ।

दूध र आँपसँगै खाएकै कारणले त्यस्तो कुनै समस्या नदेखिने उनको दाबी छ । आँपको चोप लागेर वा अहिलेको विषादीयुक्त आँप खाँदा मुख पाक्ने शरीरमा बिबिरा आउने कुरा छुट्टै भयो । तर गाउँघरमै पाइने आँपहरू समय मिलाएर ठिक्क मात्रामा खाँदा फाइदा नै गर्ने पोषणविद् पन्तको भनाइ छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ७ : ३२ बजे

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति

टाटाको स्प्रिंग एक्सचेन्ज क्याम्प : पुरानासँग नयाँ गाडी साट्न सकिने

काठमाडौं– नेपालका लागी टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिंग प्रालिले आजदेखि

इरानी सेनाका प्रवक्ता इजरायली आक्रमणमा मारिए

तेहरान : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता

‘मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा मत बदर संख्या बढ्यो’ 

काठमाडौं- नागरिक समाजले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी