जिल्लाबाट प्रतिनिधि झिकाउन अनेरास्ववियुको महाधिवेशनमा अस्वभाविक ढिलाइ « Khabarhub

जिल्लाबाट प्रतिनिधि झिकाउन अनेरास्ववियुको महाधिवेशनमा अस्वभाविक ढिलाइ


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वसम्मतका नाममा आफूअनुकुलको नेतृत्व ल्याउन असफल भएपछि नेकपा (एमाले) का नेताहरूले निर्वाचनमा गइसक्दा पनि अनेरास्ववियुको महाधिवेशनमा अस्वभाविक ढिलाइ गर्न थालेका छन् ।

काठमाडौंको कीर्तिपुरमा तीन दिनदेखि जारी २४ औँ महाधिवेशनअन्तर्गत बुधबार रातिदेखि मतदान तय गरिएको थियो ।

तर अध्यक्षमण्डलले प्राविधिक व्यवस्थापनको बहाना देखाउँदै अनेरास्ववियुको मतदान कार्यक्रममलाई धकेलेर बिहीबार बिहानसम्म सारेको हो ।

निर्वाचन समितिले बुधबार राति ८ बजेदेखि २ बजेसम्म मतदातको समय तोकेको थियो । तर प्राविधिक व्यवस्थापनलाई कारण देखाउँदै बिहिबार बिहानसम्मलाई मतदान धकेलिएको छ ।

निर्वाचन समितिले सुरक्षाको बहानामा मतदान कार्यक्रम सारेको हो । सुरक्षाको जिम्मेवारी लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले रातिको समयमा सुरक्षा दिन नसक्ने जनाएको भन्दै मतदान नै सारिएको हो ।

संघीय राजधानी काठमाडौंमै सत्तारुढ दलको भ्रातृसंगठनको महाधिवेशनमा प्रहरीले सुरक्षा दिन नसक्ने भनेर जिल्लामा रहेका प्रतिनिधि बोलाउने गरी मतदान सारिएको हो ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालसहितले डा. सुजन कडारियालाई अध्यक्षमा ल्याउन चाहेका छन् । तर उनीहरूको योजनामा प्रकाश पौडेलले चुनौती दिएका छन् ।

कडारियालाई जिताउने योजनासहित अहिले नेताहरूले जिल्ला जिल्लाबाट प्रतिनिधि झिकाइरहेका छन् । उनीहरूलाई सकेसम्म चाँडो ल्याउन हवाईजहाजको विकल्प रोजिएको छ । जहाज नभएका जिल्लामा गाडी रिजर्भ गरेर नआएका प्रतिनिधिलाई झिकाउने कामलाई तीव्र पारिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  ७ : ५८ बजे

‘६४ सालमा भारी बहुमत ल्याएर भाँडोमा न भुईँमा भएको नेता मै हो’

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले

केन्द्रीय समिति विस्तारमा पूर्णबहादुरको असन्तुष्टि : ‘सभापतिको निर्णयले कांग्रेस एकतामा ठेस पुग्यो’

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

‘प्रचण्डलाई समावेशी र समानुपातिक प्रतिनिधित्वप्रति गर्व गर्ने हक छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केही

प्रचण्डले भने, ‘सवाल पुराना र नयाँको होइन, सही र गलतको हो’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

अहिलेको संसद् इन्द्रेणी : प्रचण्ड

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता पुष्पकमल दाहाल