खेलकुद महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा चन्द सर्वसम्मत « Khabarhub

खेलकुद महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा चन्द सर्वसम्मत


२८ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

धनगढी । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा प्रकाश चन्द पुनः सर्वसम्मत चयन भएका छन् । धनगढीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा हिक्मत रावल र प्रकाश विक, सचिवमा कोपिला सिंह, उप–सचिवमा घनश्याम डाँगी र अमित रोकाया तथा कोषाध्यक्षमा दुर्गा शर्मा भण्डारी सर्वसम्मत चयन भएका छन् ।

प्रदेश सदस्यहरूमा यज्ञराज बिनाडी, उपेन्द्र बहादुर शाही, कृष्णा सिराडी, योगेन्द्र बहादुर साउँद, लोकेन्द्र बहादुर साउँद, कृष्णा कुमारी विष्ट, तिलक कुमार मौनी, हेमकृष्ण रञ्जितकार, गणेश बहादुर कुँवर, टेक बहादुर थापा, मिना कुमारी जोशी, भरत महत, विष्णु थापा, राकेश थापा चयन भएका छन् ।

यस्तै राज बहादुर कार्की, लक्ष्मी चन्द, नमराज धामी, दीपेन्द्र भण्डारी, हर्क बहादुर दौल्याल, सन्तोष खड्का, आशिष रोकाया, सुवास चन्द, योगेश जोशी, वीरेन्द्र विष्ट, तपेन्द्र खड्का, नरेश सिंह, हेमन्त मिश्र, महेश विष्ट, कृष्ण ओली, अशोक कुमार बोहरा र जेनिशा ओझा रहेका छन् ।

अधिवेशनको एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले उद्घाटन गरेका थिए । उनले उद्घाटन सत्रमा सर्वसम्मत नेतृत्व चयनको सुझाव दिएका थिए । कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहाल, एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, खेलकुद महासङ्घका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज विष्णु चन्दलगायतले सुदूरपश्चिमको खेलकुद विकासमा महासङ्घको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

सो अवसरमा खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष दिनेश बिस्टसहित विभिन्न खेल क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई फुटबलमा स्वर्ण दिलाउने दिपेश खड्का डेभिट, क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र दडिमाना क्षेत्री, भलिबल प्रशिक्षक प्रेमराज जोशी, उसु प्रशिक्षक रतन खाती, कराँते प्रशिक्षक ललित खत्री, बक्सिङ प्रशिक्षक बम बहादुर बोगटी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत धामीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, उत्कृष्ट जिल्लाको रूपमा नेपाल खेलकुद महासङ्घ कञ्चनपुरका अध्यक्ष भूपेन्द्र चन्द र साङ्गीतिक क्षेत्रबाट सजल कला केन्द्रकी सञ्चालिका पुष्पा बडैलालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

प्रकाशित मिति : २८ जेठ २०८२, बुधबार  १० : ५५ बजे

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

काठमाडौं- एनसेलले एनसेल बिजनेस क्लाउड सुइट सेवा सुरु गरेको छ।

के देउवा पक्राउ पर्लान् ?

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलना

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग