प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेलाई तय, बस्ने नबस्ने टुङ्गो छैन « Khabarhub

प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेलाई तय, बस्ने नबस्ने टुङ्गो छैन


२९ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने तयारी छ ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राख्दै प्रतिपक्षी दलहरूको अवरोधका कारण जेठ १३ गतेदेखि संसद बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

उनीहरूले उक्त प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने माग राख्दै आएका छन् ।

सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा सत्ता पक्ष र विपक्षमा रहेका दलका प्रतिनिधिसँग पटक पटक छलफल गरे पनि सहमति जुट्न सकेको छैन ।

दलहरूबीच सहमति नजुट्दा आजको बैठक पनि बस्ने नबस्ने अन्योल नै रहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : ३७ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा