धार्मिक पर्यटन प्रवर्द्धन गर्न गुम्बा निर्माण | Khabarhub Khabarhub

धार्मिक पर्यटन प्रवर्द्धन गर्न गुम्बा निर्माण


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि बौद्ध गुम्बा निर्माण गरिएको हो ।

षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाकाअनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब एक करोड २० लाख लागतमा गुम्बा निर्माण गरिएको हो ।

करिब दुई रोपनी जमिनमा गुम्बासँगै भान्सा, शौचालय, धारालगायतको संरचना निर्माण गरिएको छ । वडाले पाँच लाख बजेट विनियोजन गरेर गुम्बाभित्र बौद्ध धर्मसँगसम्बन्धी विभिन्न चित्र तथा आकृति बनाएको वडाध्यक्ष शेर्पाले बताए ।

पहिलाको पुरानो गुम्बा २०७२  सालको भूकम्पले जीर्ण बनेपछि वडाको पहलमा नयाँ गुम्बा निर्माण गर्न सफल भएको उनको भनाइ छ ।

गुम्बा निर्माणको लागि आफूले दुई रोपनी र स्थानीय निम्छीरी शेर्पाले आठ रोपनी जग्गा निःशुल्क दान गरेको वडाध्यक्ष शेर्पाले जानकारी दिए । भूकम्पले जीर्ण बनेको गुम्बाको विकल्पमा नयाँ गुम्बा निर्माण भएपछि उत्साह बढेको स्थानीयवासी फुर्लाक्पा शेर्पाले बताए ।

वडाको पहलमा बौद्ध गुम्बा निर्माणले यहाँका एक सय २० बढी बौद्ध धर्म मान्ने समुदायलाई लाभ पुगेको उनको भनाइ छ । गुम्बामा प्रत्येक महिनामा सबैजना भेला भएर पूजाआजा गर्ने चलन रहेको शेर्पाले बताए ।

नयाँ गुम्बा बनेपछि दर्शन गर्नको लागि विभिन्न ठाउँबाट मानिस आउने गरेको उनले जानकारी दिए । यहाँ नजिकैबाट मुन्दुम पदमार्ग विस्तार भएकाले पर्यटन प्रवर्द्धनका लागि समेत टेवा पुग्ने शेर्पाले बताए । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ११ : ४३ बजे

काठमाडौंका सडक सुनसान

काठमाडौं– विजयादशमीको बिहान आज काठमाडौं उपत्यकाका सडक सुनसान जस्तै छन्

राजमार्गका यात्रु प्रतीक्षालय रङ्ग्याउँदै झलारीका युवा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका युवा दशैँका अवसरमा यात्रु प्रतीक्षालय

राष्ट्रपति पौडेलले आमनागरिकलाई दशैँको टीका नलगाउने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अवसरमा यस वर्ष नागरिकलाई टीका

स्वास्थ्यका दृष्टिले बहुउपयोगी जमरा

दशैँमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने चलन परापूर्व कालदेखि

विशेष कृषि मौसम बुलेटिन : बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट