हिम स्टार ऊर्जाको आईपीओ शुक्रबारबाट निष्काशन हुने  | Khabarhub Khabarhub

हिम स्टार ऊर्जाको आईपीओ शुक्रबारबाट निष्काशन हुने 


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बासिन्दा, वैदेशीक र रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गर्ने भएको हो । 

कम्पनीलाई आईपीओ बिक्री गर्नेका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै कम्पनीले आईपीओ बिक्री गर्ने भएको हो । 

कम्पनीले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत, अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरका ११ लाख १९ हजार कित्ता आईपीओ बिक्री गर्ने भएको छ । जसमा ५ प्रतिशत  १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र लागि विक्री गर्ने छ । 

त्यस्तै, कम्पनीको जारी पुँजीको २५ प्रतिशत अर्थात् ९ करोड ३२ लाख ५० हजार बराबरको ९ लाख ३२ हजार ५०० कित्ता शेयरमध्ये ९३ हजार २५० कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई वितरण गर्ने भएको छ । कम्पनीले १८ हजार ६५० कित्ता कर्मचारीहरूलाई र ४६ हजार ६२५ कित्ता सामूहिक लगानी कोषका लागि बिक्री गर्ने भएको छ । 

कम्पनीले ७ लाख ७३ हजार ९७५ कित्ता शेयर भने सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीको हाल आज पुँजी ३७ करोड ३० लाख रुपैयाँ बराबरको छ । 

कम्पनीले बुकु कापटी खोला जलविद्युत ५ मेघावाटको आयोजना सञ्चालन गरेको छ । आईपीओमा गरेको लगानी ७.१४ वर्षमा फिर्ता हुने कम्पनीले जनाएको छ ।
 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  १ : १२ बजे

इजरायलमा इरानले गर्‍यो बालिस्टिक मिसाइल प्रहार

इरान – इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ३१ गते शनिबार। असार

पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री