अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार « Khabarhub

अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको अहमदावादमा दुर्घटना भएको विमानमा गुजरातका पूर्वमुख्यमन्त्री पनि सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । लण्डनका लागि उडान भरेको एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइन विमानमा २ सय ४२ जना यात्रु सवार थिए ।

उक्त विमानमा गुजरात राज्यका पूर्वमुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका नेता विजय रुपाणी पनि सवार रहेको भारतीय टेलिभिजन आजतकले उल्लेख गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार विमानले अहमदावादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतको लण्डनस्थित गटविक विमानस्थलका लागि उडान भरेको थियो । टेकअफ गरेलगत्तै विमान दुर्घटनामा परेको हो ।

भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा ठोक्किएर विमान दुर्घटना भएको हुनसक्ने प्रारम्भीक आशंका गरिएको छ ।

घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ३ : ०२ बजे

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता

‘प्रदेशमा वाम सहकार्य निश्चित भइसक्यो, पार्टी एकता अहिल्यै सम्भव छैन’

काठमाडौं- देशका विभिन्न प्रदेशबाट आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का

परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन