यसअघि पनि दुर्घटनामा परेका थिए एअर इन्डियाका ५ जहाज « Khabarhub

यसअघि पनि दुर्घटनामा परेका थिए एअर इन्डियाका ५ जहाज


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनास्त क्षेत्रको आकाशमा कालो धुँवा उडिरहेको छ ।

अहमदाबाद विमानस्थलबाट उडान भरेलगत्तै विमान दुर्घटनमा परेको बताइएको छ । दुर्घटनाबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन ।

यसअघि पनि एअर इन्डियाका पाँच विमानहरू दुर्घटनामा परेका थिए । ती दुर्घटनामा सयौँ नागरिकको ज्यान गएको थियो ।

१) एयर इन्डिया फ्लाइट ८५५ (१९७८)- सन् १९७८ जनवरी १ मा मुम्बई नजिकै अरब सागरमा एयर इन्डियाको बोइङ७४७ फ्लाइट ८५५ दुर्घटनाग्रस्त भएको थियो । उडान भरेको केही मिनेटमै भएको उक्त दुर्घटनामा ‘इन्स्ट्रुमेन्ट फेल्योर’ र पायलटको गल्तीकाभनिएको थियो । यो विमान दुर्घटनामा २१३ यात्री र चालक दलका सम्पूर्ण सदस्यहरूको मृत्यु भएको थियो ।

२) एयर इन्डिया फ्लाइट १८२ कनिष्क विमान हादसा (१९८५)- सन् १९८५ जुन २३ मा आयरल्यान्डको तट निजकै एटलान्टिक महासागरमा एयर इन्डियाको फ्लाइट १८२ लाई बम विस्फोटबाट दुर्घटना गराइएको थियो । यो खालिस्तान समर्थकद्वारा गरिएको आतंकवादी आक्रमण थियो । उक्त आक्रमणबाट विमानमा सवार ३२९ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश भारतीय मूलका क्यानेडियन नागरिक थिए । यसलाई भारतको सबैभन्दा घातक विमान दुर्घटनामा मानिन्छ ।

३) इन्डियन एयरलाइन्स फ्लाइट ६०५ (१९९०)- सन् १९९० फेब्रअरी १४ मा बेंगलुरुमा एयरबस ए–३२० विमान अवतरणका दौरान रन–वेभन्दा अगाडि गएर खेतमा खसेको थियो । उक्त दुर्घटना पाइलटको गल्ती र प्राविधिक गडबडीका कारण भएको बताइन्छ । दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको थियो ।

४) एअर इन्डिया एक्सप्रेस फ्लाइट ८१२ (२०१०)- सन् २०१० मे २२ मा दुबईबाटम्याङ्लोर फर्किँदै गरेको एअर इन्डिया एक्सप्रेसको बोइङ ७३७–८०० फ्लाइट अवतरणका दौरान रन–वेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनामा १५८ जनाको मृत्यु भएको थियो । विमान चालकको थकान र रन–वे ओवरशुट दुर्घटनाको मुख्य कारण थियो ।

५) एअर इन्डिया एक्सप्रेस फ्लाइट १३४४ (२०२०)- सन् २०२० अगस्ट ७ केरल राज्यको कोझिकोड एयरपोर्टमा दुबईबाट फर्किन लागेको विमान भारी वर्षाका कारण अवतरणका कारण चिप्लिन पुगेको थियो । जसका कारण विमान दुई भागमा छुट्टिएको थियो । उक्त दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो ।

–नवभारत टाइम्सबाट

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ३ : ४१ बजे

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले दिए राजीनामा

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य

आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी

काठमाडौं– नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको आरोपमा पक्राउ शिक्षा अधिकृत धरौटीमा छुटे

काठमाडौं- ललितपुरमा बाटो हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको अभियोगमा पक्राउ

वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी तोकियो 

काठमाडौं– वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा

‘मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्ति‍ एकजुट हुनुपर्ने’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले मुलुकको परिवर्तन