बाबुरामले भने- कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन भएन  « Khabarhub

बाबुरामले भने- कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन भएन 


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादीका कारण देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका छन् । 

पार्टीको १० औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले तीन दलका नेताहरूले १० वर्षका कुर्सी साटासाट गर्ने बाहेक केही गर्न नसकेकाले देशको अवस्थामा परिवर्तन हुन नसकेको बताएका हुन् ।

अहिले मुलुकमा सुशासन कायम हुन नसकेको बरु भ्रष्टाचारका चाङ उदाङ्गो हुन थालेको उनले बताए  । त्यस्तै भट्टराईले सत्तामा पुग्ने र आफ्नो भ्रष्टाचार लुकाउन विपक्षीलाई देखाउने प्रवृत्ति देखा परेको उल्लेख गरे ।

उनले मुलुकको अवस्था हेर्दा पुराना दलहरूबाट मुलुकको परिवर्तन नहुने देखाएको जिकिर गरे । आर्थिक विकास र समृद्धिका निम्ति मुखले ठूला कुरा गरेर मात्रै नहुने उनको भनाइ छ ।  

भट्टराईले सरकारले ल्याएको बजेटमा नयाँ कुनै पनि कुरा नरहेको टिप्पणी गरे । पार्टीको स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा सुशासन र समृद्धिका विषयमा छलफल कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिए ।

कार्यक्रममा पुराना नभई नयाँ वैकल्पिक शक्तिहरू र पुराना दलबाट विद्रोह गरेका नेताहरूलाई आमन्त्रित गरिएको भट्टराईले बताए । 

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ३६ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल