अहमदावाद दुर्घटनापछि बोइङको उत्पादन फेरि प्रश्नको घेरामा, पछिल्ला सात वर्षमा १२ घातक दुर्घटना | Khabarhub Khabarhub

अहमदावाद दुर्घटनापछि बोइङको उत्पादन फेरि प्रश्नको घेरामा, पछिल्ला सात वर्षमा १२ घातक दुर्घटना


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको अहमदावादमा एअर इन्डियाको विमान दुर्घटना भएको छ । दुर्घटनाग्रस्त विमानमा २ सय ४२ जना सवार थिए । एअर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा परेको हो ।

एअर इन्डियाको उडान नम्बर एआई-१७१ को विमानले बिहीबार दिउँसो स्थानीय समयअनुसार १: ३८ बजे उडान भरेको थियो । यो विमान उडेको दुई मिनेटपछि अर्थात् दिउँसो १:४० बजे दुर्घटना भएको हो ।

यो पीडादायक घटना अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक मेघानी क्षेत्रमा भएको हो । यससँगै बोइङले उत्पादन गरेका विमानको सुरक्षालाई लिएर फेरि एकपटक प्रश्न उठेको छ ।

अहिले पुँजी बजारमा बोइङको शेयर ओरालो लागेको छ ।

पछिल्ला ७ वर्षमा बोइङ कम्पनीले उत्पादन गरेका विमान दुर्घटनाग्रस्त भएको मिति र हताहती–

१. सन् २०१८ को मे १९ का दिन क्युबाको कुबाना डे एभएसोन कम्पनीका लागि मेक्सिकोको ग्लोबल एअरले सञ्चालन गर्ने बोइङ ७३७–२०१ जहाज हवानामा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १ सय १३ जनामध्ये १ सय १२ जनाको ज्यान गएको थियो ।

२. सोही वर्षको सेप्टेम्बर २८ का दिन एअर न्युगिनीको बोइङ ७३७–८बीके जहाज माइक्रोनेशियामा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार ४७ मध्ये एक जनाको ज्यान गएको थियो ।

३. सन् २०१८ को अक्टोबर २९ का दिन लायन एअरको बोइङ ७३७–८०० म्याक्स जहाज इण्डोनेशियाको राजधानी जकर्तानजिकै दुर्घटना हुँदा जहाजमा सवार सबै १ सय ८९ जनाको ज्यान गएको थियो ।

४. सन् २०१९ को जनवरी १४ का दिन शाह एअरको बोइङ ७०७–३जे९सी जहाज इरानको फतहमा दुर्घटना हुँदा जहाजमा सवार १६ मध्ये १५ जनाको ज्यान गएको थियो ।

५. सोही वर्षको फेब्रुअरी २३ का दिन एट्लास एअरको बोइङ ७६७–३७५एफ जहाज अमेरिकाको टेक्सस राज्यमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार सबै तीन जनाको ज्यान गएको थियो ।

६. सोही वर्षको १० मार्चका दिन इथियोपियन एअरलाइन्सको बोइङ ७३७–८०० म्याक्स जहाज इथियोपियाको बिसोफ्थु क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार सबै १ सय ५७ जनाले ज्यान गुमाएका थिए ।

७. सन् २०२० को जनवरी ८ का दिन युक्रेन इन्टरनेशनल एअरलाइन्सको बोइङ ७३७–८केभी जहाज इरानको राजधानी तेहरानमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको थियो ।

८. सोही वर्षको फेब्रुअरी ५ का दिन पेगासस एअरलाइन्सको बोइङ ७३७–८६जे जहाज टर्कीको इस्तानबुलमा दुर्घटना हुँदा जहाजमा सवार १ सय ८३ जनामध्ये ३ जनाले ज्यान गुमाएका थिए ।

९. सोही वर्षको ७ अगस्टका दिन एअर इण्डिया एक्सप्रेसको बोइङ ७३७–८एचजी जहाज भारतको कोजिकोडेमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १ सय ९० मध्ये १७ जनाको मृत्यु भएको थियो ।

१०. सन् २०२१ को जनवरी ९ का दिन श्रीविजया एअरलाइन्सको बोइङ ७३७–५२४ जहाज जकर्तानजिकै दुर्घटना हुँदा जहाजमा सवार सबै ६२ जनाको ज्यान गएको थियो ।

११. सन् २०२२ को मार्च २१ का दिन चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७–८९पी जहाज चीनको टेङ्सियानमा दुर्घटना हुँदा जहाजमा सवार सबै १ सय ३२ जनाको ज्यान गएको थियो ।

१२. गत डिसेम्बर २९ का दिन जेजु एअरको बोइङ ७३७–८एएस जहाज दक्षिण कोरियाको मुआनमा दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १ सय ८१ मध्ये १ सय ७९ जनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ४० बजे

गुल्मीमा कफीका बिरुवाको माग बढ्दो

गुल्मी– बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक

इरानकाे जवाफी आक्रमणपछि इजरायलमा के भयो ?

काठमाडौं– इरानमा थप इजरायली आक्रमणपछि मध्यपूर्वको तनावले ठूलो युद्धको जोखिम

‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै

तनहुँ– तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा

डा. रेवत कार्कीको संयोजकमा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका

विद्युत् नपुगेका डोल्पाका पाँच पालिकामा सोलार वितरण

सुर्खेत– विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य