पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन माओवादीको माग « Khabarhub

पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन माओवादीको माग


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी फिर्ता लिन माग गरेको छ । 

माओवादी केन्द्रले बिहीबार विज्ञप्ति जारी गरेर पत्रकार पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी फिर्ता लिन माग गरेको हो । 

‘माओवादी केन्द्र स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको सधैँ पक्षधर रहेकोले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधि नगर्न र सञ्चारकर्मीमाथि जारी पक्राउ पुर्जी फिर्ता लिन जोडदार माग गर्दछ,’ प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्रले लोकतान्त्रिक मर्मविरुद्ध सरकारले प्रत्यक्ष रुपमा पक्राउ पुर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको पनि आरोप लगाएको छ । 
 
‘समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिएको छ भने त्यसको समाधानका लागि प्रेस काउन्सिललगायतका नियामक निकायमार्फत खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर सरकारले प्रत्यक्ष रुपमा पक्राउ पूर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको छ, त्यो लोकतान्त्रिक मर्मविरुद्ध छ ।’ 

जिल्ला अदालतले नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशप्रति पनि माओवादी केन्द्रले आपत्ति जनाएको छ। 

‘सरकारको यस प्रकारको कार्य प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य–मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित छ,’ माओवादीले भनेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ३७ बजे

संसदीय समितिमा पत्रकारलाई रोक्न खोजिएकोमा वर्षमानको आपत्ति

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका सांसद् वर्षमान पुन अनन्तले ‘मिनी पार्लियामेन्ट’का

सरकारको नीति-कार्यक्रममा महिला र बालबालिकाका लागि सीमित योजना

काठमाडौं– सोमबार सरकारले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा स्कटल्यान्डले

प्रधानमन्त्री बालेनले संसदीय मर्यादा बिर्सेको भन्दै कांग्रेसले माग्यो जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत

अर्थमन्त्रीको जवाफ : संसद्‍मा निदायो भनेछन्, मोबाइलमा म्यासेज हेर्दै थिएँ

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति