आलमलाई सफाइ दिने उच्चका न्यायाधीश थारूलाई मोसो | Khabarhub Khabarhub

आलमलाई सफाइ दिने उच्चका न्यायाधीश थारूलाई मोसो


२९ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पर्सा- जिउँदै मानिसलाई इँटाभट्टामा पोलेको अभियोगमा जेल सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीश खुसीराम थारूलाई मोसो दलिएको छ।

जिउँदो मान्छेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा जन्मकैदको सजाय भोगिरहेका आलमलाई उन्मुक्ति दिने निर्णयमा संलग्न उच्च अदालत जनकपुरका न्यायाधीश थारूलाई धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) का कार्यकर्ताले मोसो दलिदिएका हुन् ।

नेकपा बहुमतका कार्यकर्ताले थारूमाथि बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका अर्का नेता विजयकुमार गच्छदारलाई समेत उन्मुक्ति दिएको आरोप लगाउँदै मोसो दलिदिएका हुन् ।

आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गत जेठ १४ गते सफाइ दिएको थियो । जिल्ला अदालत रौतहटले १३ वैशाख २०८१ मा गरेको जन्म कैदको फैसला उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले उल्ट्याइदिएका थिए ।

जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएपछि उनी जेलमा थिए ।

उच्च अदालतले आलामविरुद्धको मुद्दा उल्ट्याउँदै सफाइ दिएको थियो । रौतहटको राजपुरमा २०६४ चैत २७ गते बम बिस्फोट भएछि घाइतेहरूलाई जिउँदै इँटाभट्टामा हालेको आरोप उनलाई लागेको थियो ।

२६ असोज २०७६ मा पक्राउ परेका तत्कालीन अवस्थामा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित आलमविरूद्ध प्रहरीले १४ जनाको हत्या गरेको अभियोगमा मुद्दा चलाएको थियो । घटनाको १२ वर्षपछि प्रहरीले आलमलाई रौतहटस्थित निवासबाटै पक्राउ गरेको थियो ।

घटना ?

चुनावको तयारी भइरहेका बेला २०६४ चैत २७ गते रौतहटको फरदवम गाउँमा बम विस्फोट भएको थियो ।

विस्फोटमा दुई जनाले घटनास्थलमै ज्यान गुमाए । त्यहाँ १२ जना भन्दा धेरै घाइते भए। घाइतेमध्ये नेपाली र भारतीय नागरिकसमेत थिए । बम विस्फोटको त्यति ठूलो घटनाका कयौँ घाइते लगत्तै गायब भए ।

घटनापछि गायब भएकामध्ये केहीका परिवार प्रहरीमा पुगे । शेख रुक्सना खातुन र श्रीनारायण सिंहले संविधान सभाको चुनावमा उम्मेदवार बनेका आलममाथि हत्या आरोपसहित जाहेरी दिए । त्यसबेला बम विस्फोटबाट घाइते भएका ११ जनालाई आलमले इँटाभट्टा हालेर मारेको आरोप लागेको थियो ।

उक्त उजुरीको लामो समयपछि सक्रिय भएको प्रहरीले संविधानसभा चुनावमा बुथ कब्जा गर्न भारतबाट मान्छे ल्याएर बम बनाउन लगाएको पत्ता लगायो ।

बम बनाउँदा बनाउँदै विस्फोट हुँदा दुई जना घटनास्थलमै मारिए । जसमा ११ जना गम्भीर घाइते भएको खुल्यो । उक्त काण्ड लुकाउन आलमले उनीहरूलाई जिउँदै इँटा भट्टामा हालेर मारेको गाउँलेले बताउँदै आएका थिए। त्यसकै आधारमा अनुसन्धान थालेको प्रहरीले आलमसहितविरुद्ध ज्यान मुद्दा चलाएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०८२, बिहीबार  ४ : ४९ बजे

मण्डनदेउपुरका क्रसर र इँटा उद्योग बन्द 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिकास्थित चार क्रसर तथा इँटा उद्योग बन्द

गुल्मीमा कफीका बिरुवाको माग बढ्दो

गुल्मी– बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक

इरानकाे जवाफी आक्रमणपछि इजरायलमा के भयो ?

काठमाडौं– इरानमा थप इजरायली आक्रमणपछि मध्यपूर्वको तनावले ठूलो युद्धको जोखिम

‘एक घर, एक धारा’ अभियान प्रभावकारी बन्दै

तनहुँ– तनहुँ र नवलपुर जिल्ला गरी ३० हजार ८२४ घरधुरीमा

डा. रेवत कार्कीको संयोजकमा बैङ्किङ क्षेत्र सुधार सुझाव कार्यदल गठन

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका